६ महिना अघि कुवेत पुगेका भोजपुरका पदमको मृत्यु

0
542

दोहा,

रोजगारीका लागि ६ महिना अघिमात्र कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ।

काम गरिरहेकै अवस्थामा भोजपुरका ३९ वर्षीय पदमबहादुर मगर आफू कार्यरत कम्पनीको कार्यस्थलमा मृत भेटिएका हुन्। आरआईसी कुलेक्स कम्पनीमा कार्यरत मगर दिउँसोको डिउटीमा रहेका र काम सकेर कोठामा आएका थिएनन्।

कामबाट सधै फर्कने समयमा नर्फकेपछि खोजी गर्दा उनी लडेको अवस्थामा भेटिएको कुवेत प्रहरीले जनाएको छ। उनको मृत्युको कारण खुल्न सकेको छैन। घटनाको कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।

मृतक मगरको शव पोस्टमार्टका लागि अस्पतालमा राखिएको कुवेतस्थित नेपाली दुताबासका श्रम सहचारी ज्ञानेन्द्र शर्माले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here