विद्यालयको आर्थिक श्रोत जुटाउन देउसी

0
729

बिर्तामोड,

नव ज्योति प्राथमिक विद्यालय अर्जुनधारा – ५ले विद्यालयको आर्थिक श्रोत जुटाउन तिहारामा देउसी भैलो खेलेको छ ।
नमूना विद्यालय बनाउन लागि परेको सो बिद्यालयले आर्थिक श्रोत नभएपछि श्रोत जुटाउन विद्यालय व्यवस्थापन समिति, विद्यार्थी र शिक्षकले सामुहिक रुपमा देउसी खेलेका हुन् । विद्यालयले देउसी खेलेरै एक लाख ४३ हजार ४ सय ११ रुपैयाँ संकलान गरेको विद्यालय व्यवस्थापन समिति सदस्य ओमप्रकाश लुईटेलले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष विश्ववन्धू थापा, पिटिए अध्यक्ष डिल्लीराम सापकोटा, प्रधानाध्यापक कमलप्रसाद भण्डारी,पूर्व व्यवस्थापन समिति अध्यक्ष जीवनकुमार खतिवडा, पिटिए सदस्य गोपाल चम्लागाई, व्यवस्थापन समितिका सदस्य उमाकान्त निरौला, अर्जनधारा वडा नं. ५ का वडाध्यक्ष ध्यानबहादुर भारतीसहितको टोलीले देउसी भैलो खेको थियो ।
विद्यार्थीले तिहारको गीतमा नृत्य गरेका थिए । तिहारको महत्व विद्यार्थीलाई दर्शाउदै खेलिएको देउसीमा आइश्मा लुइँटेल र जेनिशा चम्लागाईले नृत्यमा साथ दिएका थिए । विद्यालयले आयोजना गरेको देउसीका लागि १८ हजार छ सय ५० खर्च भएको र कोषमा एक लाख २४ हजार सात सय ६१ रुपैयाँ बचत भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here