बिर्तामोड ।
नेवाः पासा मुना पुचः बिर्तामोडले विविध कार्यक्रम आयोजना गरेर रजत जयन्ती वर्ष सम्पन्न गरेको छ ।
रजत जयन्ती मूल समितिका संयोजक दिनेश श्रेष्ठका अनुसार संस्थाले रजत जयन्ती वर्षमा नेपाल सम्वत् ११३९ (न्हुदँया भिन्तुना) , नेवाःव्युटिज ११३९ , नेवाः छेँ शिलान्यास , नेवाः फुडफेस्टिभल, सामुहिक वनभोज , निःशुल्क स्वास्थ्य शिविर , रक्तदान , बृद्धवृद्धालाई भोजन , वृक्षरोपण, अपाङ्गता भएकालाई शैक्षिक सामाग्री , सामुहिक क्वाँटी पुन्ही तथा लाखे जात्रा , रक्तदान कार्यक्रम गरेको हो ।
यसैविच संस्थाले नेपाल सम्वत् ११४० (न्हुदँया भिन्तुना)को शुभकामना आदानप्रदान तथा रजत जयन्ती वर्ष समापन कार्यक्रम सम्पन्न गरेको छ ।
नेवाः पासा मुना पुचः बिर्तामोडकी अध्यक्ष ईश्वरा श्रेष्ठको अध्यक्षता तथा संस्थापक अध्यक्ष जयन्द्र उदासको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक गोविन्द श्रेष्ठले स्वागत गरेका थिए ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष श्यामकुमार ताम्राकार ,पूर्व अध्यक्ष कृष्ण उदास लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलालाई सम्मान गरिएको थियो । संस्थाको रजत जयन्ती वर्ष सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा रजत जयन्ती वर्षमा विविध कार्यक्रम गर्ने कार्यक्रम संयोजकहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा रजत जयन्ती मूल समितिका संयोजक दिनेश श्रेष्ठ, नेपाल सम्वत् ११३९ (न्हुदँया भिन्तुना) का संयोजक निरजकुमार उदाश , नेवाःव्युटिज ११३९ का संयोजक प्रविन शाक्य , नेवाः छेँ शिलान्यास का कार्यक्रम संयोजक निर्मल कर्माचार्य , नेवाः फुडफेस्टिभलका कार्यक्रम संयोजक हिमाल श्रेष्ठ, सामुहिक वनभोजका कार्यक्रम संयोजक रेगन शाक्य , निःशुल्क स्वास्थ्य शिविरका कार्यक्रम संयोजक कमल श्रेष्ठ , रक्तदान कार्यक्रमका कार्यक्रम संयोजक , कामना श्रेष्ठ , बृद्धवृद्धालाई भोजन कार्यक्रमका कार्यक्रम संयोजक निलकुमार श्रेष्ठ , वृक्षरोपण कार्यक्रमका कार्यक्रम संयोजक भोजकुमार मास्के , अपाङ्गता भएकालाई शैक्षिक सामाग्री वितरण कार्यक्रमका कार्यक्रम संयोजक विनिता श्रेष्ठ , सामुहिक क्वाँटी पुन्ही तथा लाखे जात्रा कार्यक्रमका कार्यक्रम संयोजक आकाश श्रेष्ठ, , रक्तदान कार्यक्रमका कार्यक्रम संयोजक विरेन उदास रहेका छन् ।
त्यस्तै कार्यक्रमको प्रायोजन गर्नेहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन नेवाः पासा मुना पुचः बिर्तामोडका सचिव राजिव श्रेष्ठले गरेका थिए ।