सीमाक्षेत्रबाट हुने अवैध व्यपारलाई नियन्त्रण गर्न अर्थमन्त्री खतिवडाको निर्देशन

0
637

लक्ष्मी उप्रेती /काँकरभिट्टा,

अर्थमन्त्री युवराज खतिवडाले सीमाक्षेत्रबाट हुने अवैध व्यपारलाई नियन्त्रण गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन । बुधबार मेची भन्सार कार्यालय काँकरभिट्टाको अनुगमनका क्रममा मन्त्री खतिवडाले भन्सार परिसरमा आयोजित सरोकारवाला निकायसँग सक्षिप्त अन्तरक्रिया गदैं नेपालमा उत्पादित वस्तु भारत वा अन्य मुलुकबाट अवैधरुपमा भित्रिँदा त्यसको असर नेपाली उत्पादकलाई पर्ने भएकाले त्यसतर्फ गम्भीर भएर लाग्न निर्देशन दिएका हुन् ।

खुला सीमाको फाइदा उठाएर चोरी, निकासी तथा पैठारी बढ्ने हुँदा यसको नियन्त्रणमा सक्रियपुर्वक लाग्न समेत उहाँले मतहतका सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए । विभिन्न नाकाबाट अवैधरुपमा हुने चोरी निकासी पैठारीलाई मुलधारमा ल्याएर प्रज्ञापन पत्र मार्फत कारोवार गर्न व्यपारीलाई प्रोत्साहन गर्नुपर्ने मन्त्री खतिवडाको जोड थियो ।

उनले हरेक कर्मचारीलाई आफ्नो आचरणमा ध्यान दिदैं कर्तव्यनिष्ट, इमान्दारपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न र कसैको कुनै प्रकारको प्रलोभनमा नपर्न समेत निर्देशन दिएका थिए । सरकार देशबाट भ्रष्टचार शुन्यमा झार्ने उद्घोषसहित अघि बढेकाले चोरी पैठारी नियन्त्रणका नाममा कुनै कर्मचारी आर्थिक प्रलोभनमा परे वा सरकारलाई असहयोग गरे कारवाहीमा पर्ने मन्त्री खतिवडाले चेतावनी दिए ।

व्यपारीले घोषणा गरेको आफ्ना मालवस्तुको मुल्याङ्कनप्रति ध्यान दिन समेत मन्त्री खतिवडाले भन्सार अधिकारीहरुलाई निर्देशन गरे । पूर्वी नाकाबाट हुने अवैध व्यपारको नियन्त्रण अहिलेसम्म सन्तोषजनक नै रहेको भन्दैं मन्त्री खतिवडाले यसलाई अझ शुन्यमै झार्न सवैक्षेत्र एक आपसमा सहकार्य तथा समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए । मन्त्री खतिवडाले भन्सार अधिकारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसहित नियमित गस्ती परिचालनमा लाग्नुपर्नेमा जोड दिए । जति जति गस्ती सक्रिय हुन्छ उतिउति अवैध धन्दा न्यूनिकरण हुने उनले दावी समेत गरे ।

कार्यक्रममा मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले कार्यालयबाट भएका मुख्य मुख्य कार्यहरु तथा कार्यालयको संक्षिप्त विवरण मन्त्री समक्ष प्रस्तुत गरेका थिए । कार्यालयको भौतिक संरचना, संगठनात्मक संरचना, छोटी भन्सार कार्यालयहरुको अवस्था, वितेका पाँच आर्थिक वर्षको राजस्व संकलनको अवस्था, आर्थिक वर्ष २०७५÷२०७६ मा आयात तथा निर्यात भएका प्रमुख दशवटा मालवस्तु, आर्थिक वर्ष २०७५÷२०७६ र २०७६÷२०७७ को राजस्व संकलनको तुलनात्मक विवरण, कार्यालयको लक्ष्य र प्रगति, भन्सार जाँचपासमा लेनको प्रयोग, बेरुजु रकम र फछर्यौको अवस्था, आर्थिक वर्ष २०७५÷२०७६ को वार्षिक बजेटको प्रगतिको अवस्था, मुद्घा लिलामी चालु आर्थिक वर्ष २०७६÷२०७७ को भदौ मसान्तसम्मको अवस्था, कार्यालयबाट भएका केही उल्लेखनिय कार्यहरु तथा कार्यालयका समस्या र चुनौतीका विषयमा प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले प्रस्तुतीकरण दिएका थिए ।

मेची भन्सार कार्यालयको राजस्वमा मुख्य योगदान दिने वस्तु कोइला, पेट्रोलिम पदार्थ भएको र भारतबाट आयात हुने राजस्व करीव १० प्रतिशत योगदान दिने कोइला करिब पाच महिनादेखि ठप्प भएकाले चालु आर्थिक वर्ष २०७६÷२०७७ को वार्षिक राजस्वको लक्ष्य संशोधन गर्नुपर्ने मन्त्री समक्ष प्रमुख भन्सार अधिकृत अर्यालले विचार राखेका थिए ।

चालु आर्थिक वर्ष २०७६÷२०७७ को वार्षिक राजस्व संकलनको लक्ष्य १३ अर्ब २४ करोड १ लाख वा गत आर्थिक वर्षको भन्दा ११ दशमलव ९५ प्रतिशतले बृद्घि हुनु, सो लक्ष्य हासिल गर्न कठिन हुने र भद्रपुर छोटी भन्सार कार्यालय छुट्टै मुल भन्सार कार्यालयको रुपमा स्तोरन्नती भइसकेको अवस्था समेतले यस कार्यालयको लक्ष्य मिलान गर्नुपर्ने, कार्यालयमा सवारी साधन अभावका कारण नियमित गस्ती परिचालनलगायत कार्यालय सञ्चालनमा ज्यादैं कठिनाई देखिएको हाल एउटमात्र सवारी साधन चालू अवस्थामा रहेको कार्यालयको राजस्वमा मुख्य योगदान दिने वस्तु कोइला, पेट्रोलिम पदार्थ भएको र भारतबाट आयात हुने राजस्व करीव १० प्रतिशत योगदान दिने कोइला करिब पाच महिनादेखि ठप्प भएकाले चालु आर्थिक वर्ष २०७६÷२०७७ को वार्षिक राजस्वको लक्ष्य संशोधन गर्नुपर्ने कार्यालयको समस्या र चूनौती रहेको प्रमुख भन्सार अधिकृत अर्यालले मन्त्री समक्ष गुनासो राखेका थिए ।

मेची भन्सार कार्यालय अन्तर्गत आठमौजा गौरीगञ्ज, गाडागल्ली, बाहुनडाँगी, नकलबन्दा, सतिघट्टा, महाभारा गरी ६ वटा छोटी भन्सार रहेपनि हाल आठमौजा गौरीगञ्ज, बाहुनडाँगी, नकलबन्दा छोटी भन्सारमात्र सञ्चालनमा रहेको बाकी बन्द अवस्थामा रहेको अर्यालले जानकारी गराउनुभयो ।

सञ्चालनमा नरहेका छोटी भन्सार कार्यालयहरुलाई व्यवस्थित बनाई कर्मचारी व्यवस्थपन गरिएको, चोरी पैठारी नियन्त्रणमा भन्सार कर्मचारीलाई खटाई प्रभावकारी गस्ती परिचान गरिएको, एकस् रे मेसीन समेत प्रयोगमा ल्याइएको तथा त्यसबाट १२ लाख भारतीय रुपैयाँ, आठ केजी चाँदी मोवायल सेट, विष्फोटक पदार्थ समेत बरामद भएको, नेपाल भारत बंगलादेश र भुटानबीचका भन्सार विन्दुमा हुन सक्ने तत्कालिन समस्याका बारेमा छलफल गर्न बंगलादेशको बुरमिारी र सिलिगुडीमा वैठक सम्पन्न भएको, पूर्वाधार विकासमा छोटी भन्सारहरुको मर्मत सम्भार, भद्रपुर छोटी भन्सार कार्यालयको स्तरोन्नति कार्य, एक्स रे मेसीन जडान तथा एक्स रे भवन निर्माण, ग्यारेज निर्माण र प्रमुख भन्सार अधिकृतको कार्यकक्ष तथा बैठक कक्ष निर्माण, यात्रु चेकजँँच कक्ष निर्माण गरिएको, यात्रु शाखाको शौचालयको निर्माण तथा सुधार, हावाघर तथा शिव मन्दिर निर्माण, अतिथि र्गह सञ्चालन, आठमौजा गौरीगञ्ज छोटी भन्सार कार्यालय भवन निर्माण र स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको, चोरी पैठारी नियन्त्रणकालागि तारवार निर्माण कार्यालयबाट भएका केही उल्लेखनीय काम भएको जानकारी अर्यालले मन्त्री समक्ष प्रतिवेदन पेश गरेका थिए ।

अन्तरक्रियामा प्रमुख भन्सार अधिकृत अर्यालसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दकुमार कार्की, सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेडक्वाटर राजस्व एवम् भन्सार गस्ती सुरक्षा काँकरभिट्टाका गणपति सशस्त्र प्रहरी नायव उपरीक्षक ज्ञानमणी पौडेललगायत भन्सार अधिकृतहरुको सहभागिता थियो । मन्त्री खतिवडासहित अर्थमन्त्रालयका सहसचिव उत्तरकुमार खत्री भन्सार विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारी सहभागी टोलीलाई भन्सार परिसरमा भन्सार अधिकारी, सुरक्षाकर्मी भन्सार एजेण्टलगायतले फूलमालासहित स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here