
सबिता बस्नेत
पिउदा पिउदै थाहा नै भएन कति पिएछ
कहिले खुसिमा पिएछ कहिले पिडामा
त कहिले लहैलहैमा कहिले मदहोसीमा
कति कसम खाए पिउदिन भनी तर
खै यो सोमरसको मोहले छोड्दै छोडेन
अामा कसम, भगवान कसम ,तिम्रो कसम
कति खाए कसम कति गरे बाचा
हात सम्म लाउदिन भनि
जति पर भाग्न खोजे पनि
नसकिने कस्तो मोह तिम्रो
अामाको ममता प्रियसीको साथ
भन्दा पनि नशालु तिम्रो त्यो मात
यति गाढा भएछ
खै छुट्दै छुट्दैन जति पिए पनि
यो प्यास मेट्दैमेट्दैन ।



























