इलाम घुम्ने पर्यटकहरुको संख्या हरेक बर्ष बृद्धि भइरहेको सन्र्दभमा सलकपुर पनि नया गन्तब्यको रुपमा विकास भइरहेको छ ।
सुन्तलाको अत्याधिक उत्पादन हुने गरेको सलकपुरमा पछिल्लो समयमा अलंैची खेतीको बिस्तार हँुदा हरेक बर्ष आउन आगन्तुकहरुको संख्या बढ्न थालेपछि अहिले पर्यटक भित्र्याउन संस्थागत बिकास भइरहेको छ ।
शान्त वातावरण, शितल हावापानी, मनोरम दृश्य, सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, नेपाल र भारतको सीमा र धार्मिक महत्वको स्थान र कृषि उत्पादनमा विविधता भएको कारण पनि सलकपुर पर्यटकहरुको रोजाइ बन्ने गरेको हो । हरेक बर्ष हिउँदको समयमा हजारौं भारतीय नागरिकहरु सलकपुरमा डुल्न, र बोटमा नै सुन्तला चाख्दै रमाउन आउन थालेपछि सलकपुर पर्यटकहरुको गन्तब्य रहेछ भन्ने संकेत मिलेको थियो ।
सुदुर पूर्वको भारतीय सीमासँगै तराइबाट सबैभन्दा नजिकको डाँडा गुर्धुमबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिने भएपछि तराइका नागरिकहरुका लागि सलकपुर गन्तब्य बन्दा यहाँका पूर्वाधार र भौतिक बिकासले फड्को मार्दै गएको छ भने स्थानीयबासीको जीवनस्तरमा समेत सकरात्मक प्रभाव पारेको छ ।
पर्यटकहरुको व्यवस्थापनलाई सहज बनाउन सलकपुरमा सामुदायिक रुपमा घरबास ‘होमस्टे’को बिकास गरिएको छ । शुरुमा पाँचवटा घरमा पाहुनाको लागि व्यवस्थापन गर्न लागेका स्थानीयहरु अहिले दश बटा घरमा बिस्तार गरिएको छ । एकसाथ ५० जना पाहुनाहरुलाई व्यवस्थापन गर्न सकिने र त्यो भन्दा धेरै पाहुना भएमा अन्य घरहरुमा पनि व्यवस्थापन गर्न सकिने जस्केलो सामुदायिक होमस्टेका कोषाध्यक्ष लक्ष्मी तामाङको भनाइ रहेको छ ।
२०७१÷२०७२ सालदेखि होमस्टेको बिकासमा लागेकामा खासगरी कात्तिक महिनादेखि भीडभाड शुरु हुने गरेको छ । पारिवारिक भ्रमण, विदा बिताउन, मनोरञ्जन, कृषि प्रणालीको अध्ययन अवलोकन र बैठक गर्नको लागि सलकपुरमा पर्यटकहरु आउने गरेका छन् ।
सलकपसर आउने पर्यटकहरुले स्थानिय उत्पादन , मौरीको मह, सागसब्जी, सुन्तला, एर्बोकार्डो अलैची जस्ता बस्तुहरु किनेर लैजाने र स्थानिय उत्पादन नै चाद्यन रुचाउने गरेको र आगन्तुकको माग अनुसार नै सेवा दिने गरेको तामाङको भनाइ रहेको छ । उनीहरुको एकरातको बसाइमा खाना वापत एक सय २० देखि दुई सय ५० सम्म र कोठाको चार सयदेखि पाँच सयसम्म लिएर सेवा दिइने गरेको छ ।
सलकपुरमा पर्यटकहरुको आगमन बढेसँगै उनीहरुको चाहना अनुसार उत्पादन गर्न थालिएको छ । स्थानीयबासीहरुले घरमै कोदो र केरा, सुन्तला स्याउ लगायतको रक्सीहरु उत्पान गरिन थालेको छ भने व्यवसाहिक रुपमा नै लोकल कुखुरापालन र तरकारीहरुको उत्पादन गर्न थालिएपछि पाहुना आउन साथ तुरुन्तै व्यवस्थापन गर्न सहज भएको छ ।
स्थानीयबासीहरुको चाहना र मागको आधारमा रोङ गाउँपालिकाले किसानहरुलाई तालिम र सीप सिकाएर स्थानीय उत्पादनमा प्रेरित गरिएकोले पर्यटन व्यवसायबाट लाभ लिन सकेको लोकल कुखुरापालन व्यवसाय गर्दै आएका याम अधिकारीले बताए । त्यसो त गाउँपालिकाले होमस्टेको बिकासको अध्ययन अवलोकनको लागि समितिका पदाधिकारीहरुलाई अहिलेसम्म सफल रुपमा होमस्टे सञ्चालन गरिएको इलामकै अन्तुको भ्रमण गराउँदा त्यहाँबाट पनि थुप्रै कुरा सिकेको अनुभव सुनाउँछन् ।
नेपालका बिभिन्न स्थानबाट बाहेक भारत र तेस्रो मुलुकका पर्यटकहरु आउने सलकपुरमा गाउँपालिका र अन्य साझेदार संस्थाहरुबाट मेचीखोलाबाट गाजले, हल्लने हाँसपोखरी, निन्दा गुधुर्म गाजले हाँसपोखरी पर्दमार्ग निमार्णको कार्य, नमूना धरहराको निमार्ण, सडकको स्तरोन्नति र प्रचार–प्रसारको काम थालिएको वडाध्यक्ष मणिकुमार तामाङको भनाइ रहेको छ ।
सलकपसरमा मात्र होइन पर्यटन बिकासको लागि समग्र वडा र गाउँपालिका अनि पर्यटकहरुको करिडोरकै पहिचान गरी स्थानीय वस्तुहरुको उत्पादन, स्थानीय धार्मिक, सांस्कृतिक, सामाजिक स्थलहरुको बिकास गर्दै सहकारीको सिद्धान्त अनुसार कृषि उपजहरुको उत्पादन र बजारीहरण आफू प्रतिबद्ध रहेको उनको भनाइ रहेको छ । पर्यटक र स्थानीय नागरिकहरुको सुबिधाको लागि आधारभूत पूर्वाधारको बिकासका लागि गाउँपालिकाले सहयोग गर्ने वडाध्यक्ष तामाङले प्रतिबद्धता जनाए ।
सलकपुरको पर्यटन प्रबद्र्र्धनको सम्भावनालाई बिभिन्न सरकारी गैर सरकारी संस्थाहरु र स्थानीयबासीहरुले पनि दिल खोलेर सहयोग गरेका छन् । पर्यटक व्यवस्थापनको लागि तारागाउँ बिकास संस्थाले होमस्टे व्यवस्थापन, मेची पहाडी पर्यटन बिकास संस्थाले पदमार्ग निमार्ण, ग्रीन जेनेरेसन झापाले ग्रामिण पर्यटन प्रबद्र्धन कार्यमा सहयोग गर्दै आएको छ । डिभाइन लव सावरले अग्र्यानिक कृषि प्रणाली बिकास र बिस्तार गराएर स्वस्थ रहन मेडिटेसन र स्वस्थ्य खानपान र अवधारणा अगाडि बढाएको छ ।
स्थानीयबासीहरुले पनि उनीहरुको कार्यको सिको गर्दै सहकार्य गर्दै आएको स्थानीय युवा तिलक अधिकारीले बताए । उनीहरुले गर्दै आएको कार्यबाट पनि रोङको बिकासमा सहयोग पुग्ने भएकोले आफूहरु हातेमालो गर्न तयार रहेको वडाध्यक्ष तामाङ बताउँछन् ।
प्रस्तुति :गोविन्द पौडेल