कात्तिक १६ बाट हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप

0
624

झापा, हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकपको तयारी पूरा भएको छ ।
कात्तिक १६ गतेबाट २५ गतेसम्म सञ्चालन हुने अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकपको सबै तयारी पूरा भएको आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा नेपालका ए डिभिजनका चार क्लव सहित १० वटा क्लवले सहभागीता जनाउने खेल संयोजक अभिनाष राईले जानकारी दिनुभयो ।
९० लाख रुपैयाँको लागतमा आयोजना गरिएको गोल्डकपको उपाधि विजेतालाई १२ लाख ५० हजार रुपैयाा नगद र उपविजेतालाई ६ लाख २५ हजार रुपैयाँ सहित ट्रफी र मेडल प्रदान गरिने अध्यक्ष भत्तवहादुर भुजेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा संकटा फुटवल क्लव, सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, झापा ११ फुटवल क्लव, जायोन स्पोर्टस क्लव, मोलवे आसाम, गोर्खा वोइज रुपन्देही, र सिक्किम आक्रामक एफसी क्लवले सहभागीता जनाउने निश्चित भएपनि एउटा क्लवको भने टुङ्गो लाग्न वाँकी रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।
प्रतियोगितामा प्रत्येक दिन म्यान अफदी म्याच र फाइनलमा विद्यागत रुपमा उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
विद्यागत तर्फ उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड फिल्डर, फरवड, प्रशिक्षक, उदयमान खेलाडी, सर्वाधिक गोलकर्ता लाई नगद पुरस्कार प्रदान गरिने र उत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ जायोन स्पोर्टस क्लवद्वारा आयोजित हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकपमा दैनिक दश हजार बढी दर्शकले खेलको मञ्जा लिने आयोजक समितिका सचिव गौरीमान राईले जानकारी दिनुभयो ।
दशै अघि नै गोल्डकप सञ्चालन गर्ने भनेपनि वर्षाका कारण प्रतियोगिता स्थगित गरिएको थियो । यसैबीच प्रतियोगिताको अन्तिम अवस्थामा आएर थ्री स्टार क्लवले सहभागीता नजनाएको प्रति झापा जिल्ला फुटवल संघका अध्यक्ष भगिरथ आले मामाले एन्फाको नियम विपरित अन्तिम अवस्थामा आएर थ्री स्टारले धोका दिएको बताउनुभयो । उहाँले थ्री स्टारका अध्यक्ष एन्फाका सह – सचिव समेत रहेको भन्दै जिम्वेवार व्यक्तिले नै प्रतियोगिता प्रति गरेको व्यवहारले दुःखी वनाएको भन्दै यो विषयमा एन्फाको वैठकमा कुरा उठाउने मामाले चेतावनी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here