देउसीको रकमले सशक्तिकरण र बृक्षरोपण

0
1139

बिर्तामोड, पञ्चकन्या सोसाइटी बिर्तामोड–१ ले परम्परागत संस्कृतिको जगेर्नाका लागि सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।
पछिल्लो समय विदेसी संस्कृतिले परम्परागत संस्कृति लोप हुँदै गएकाले संस्थाले परम्परागत संस्कृतिको जगेर्नाका लागि सामूहिक देउसी भैलो खेलेको पञ्चकन्या सोसाइटीका अध्यक्ष तेजमणि प्रसाईले बताए ।

 

पञ्चकन्या सोसाइटीका सदस्य थर्कमान भट्टराईको संयोजकत्वमा सदस्यहरु इन्दिरा भट्टराई, प्रदीप खरेल, रोहितकुमार भट्टराई, राजन उप्रेती लगायतको सहभागितामा सोसाइटीका १५० भन्दा बढी घरहरुमा देउसी भैलो खेलेको उनले बताए ।
त्यस्तै गोमा प्रसाईं र हिरानन्द थपलियाले देउसी भैलो भट्याएका थिए भने अमिसा उप्रेतीको नृत्य कोरियोग्राफीमा सन्ध्या गुरुङ,ओसिका दाहाल, अलका प्रसाईं, आकृति तामाङ, युनिसा उप्रेती, लोचन कार्की, प्राश्ना दाहाल, सनिशा कार्की, प्रीजिला न्यौपाने, अर्पना तामाङ, जानुका खत्री, ताकिता शर्मा, कुसुम तामाङ लगायतले तिहारको मौलिक गीतमा नृत्य गरेका थिए ।

गीत संगीत संयोजन चन्डिकाप्रसाद आचार्यले गरेका थिए भने वाद्ययन्त्र व्यवस्थापन हेमन्त प्रसाईं, मातृका ढकाल, माधव सुवेदी, नरजङ घलेले गरेका थिए ।

देउसी भैलोबाट एकलाख तीन हजार भन्दाबढी दान सङ्कलन गरेको पञ्चकन्या सोसाइटीका अध्यक्ष तेजमणि प्रसाईले जानकारी दिए । संकलित रकमले सोसाइटीमा रहेका महिला तथा बालबालिकाहरुको सशक्तिकरण तथा उक्त क्षेत्रलाई हरियाली बनाउन वृक्षरोपण गर्न खर्च गरिने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here