नेपाल भ्रमण वर्ष २०२० सफल पारौं

0
801

विष्णु आचार्य,

स्वच्छ नेपाल अभियान सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाइने तयारी पनि गरिरहेको छ नेपाल सरकारले । त्यसो त देशको धेरै शहरमा टोल–टोलमा विभिन्न संघ–संस्थाहरुको आयोजनामा सरसफाई चलिरहेको छ । सरसफाई निरन्तर चलिरहनु पनि सकारात्मक पक्ष हो । आफ्नो ठाउँ, टोल, शहरलाई सधैँ सफा राख्नुपर्छ भन्दै झापा जिल्लालाई नै सफा राख्नुपर्छ भन्दै साप्ताहिक रुपमा बिर्तामोड सरसफाई अभियान चलिरहेको छ । यो अभियानको प्रभावले झापा लगायत विभिन्न ठाउँमा सरसफाई कार्यक्रम सञ्चालनमा भइरहेका छन् । सोही अनुरुप अर्जुनधारा सरसफाई अभियान, हल्दिबारीमा ढडुवा बजार सरसफाई भद्रपुरमा मेची अञ्चल सरसफाई, मेची नगरमा धुलाबारी सरसफाई चलिरहेको छ भने हामीले साच्चैैँ नै लागीपरेर गर्ने दिन आएको छ ।

‘नेपाल भ्रमण वर्ष २०२०’ मनाइरहँदा हामी झापा जिल्लाबासीको भूमिका के त ? हाम्रो जिल्लामा पर्यटकको पर्यटकीय स्थलहरु छैनन् र छन् प्रशस्तै छन् । दोमुखा, अर्जुनधारा जलेस्वर धाम, नेपालकै होचो स्थानमा रहेको पर्यटकीय स्थल किच्चकवध छन् । यी धार्मिक स्थलहरुलाई स्वच्छ र सफा राख्नु हामी झापाबासीहरुका लागि अति नै आवश्यक छ । झन् अहिले मानव निर्मित धेरै पर्यटकीय स्थलहरु छन्, जामुनखाडी हेप्पीलेण्ड बाँसबारी झिलहरु यी स्थलहरुलाई कसरी स्वच्छ सफा राख्न धेरैभन्दा धेरै पर्यटकहरुलाई झापा भित्र्याइ मनग्यै आम्दानी गर्न सकिन्छ । पर्यटन व्यवसाय प्रचुर सम्भावना बोकेको हाम्रो जिल्लाको आर्थिक पाटोले पर्यटन व्यवसायमा ठूलो मद्दत पुग्नेछ । यसको लागि विदेशी पाहुनाको नजरमा हाम्रो गाउँ टोल शहर स्वच्छ सफा हराभरा बनाउन आवश्यक छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यका साथ बैशाख ४ गते पूर्वको मेची पुलबाट शुरु भएको ‘मेची महाकाली सरसफाई अभियान’ देशका ४५ स्थानहरुमा स्थानीय । सामाजिक संघ–संस्थाको सहकार्य सरसफाई सम्पन्न भइसकेको छ । केही स्थानहरुमा हुनेक्रम जारी छ । आज यही अभियान सञ्चालन गरिरहँदा ‘सभ्य बन्ने हाम्रो रहर, सफा राखाँै हाम्रो शहर’ भन्ने मूल नारा लिएर देशब्यापी रुपमा सामाजिक संघ–संस्थाहरुसँग काम गर्ने मौका मिलेको छ । सरसफाई अभियानले जोडिने मौका पाएको छ । मेची–महाकाली सरसफाई अभियानलाई चाँडै नै टुङ्याउने तयारीमा छौँ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा विश्वकै पर्यटकीय गन्तव्य मध्ये एउटा मत्वपूर्ण गन्तव्यको रुपमा परिचित देश हो नेपाल । यहाँ विश्वकै दुर्लभ जीव जनावर पाइन्छन् । विभिन्न प्रजातीका चरा चुरुङ्गीहरु विश्वशान्तिको अग्रदुत भगवान गौतम बुद्धको देश भनेर चिनिएका छौँ । अर्कोतर्फ जुन विश्वसामु चिनारी दिएका छन् हाम्रा पुर्खाहरुले वीर गोर्खालीको रुपमा विश्वमा नाक ठड्याएर हिँडेका छन् । जलस्रोतको धनी मेरो देश स्वच्छ हावा–पानी यहाँका चाडपर्व रीति–रिवाज, रहन–सहन भेषभुषा उत्तरमा हिमाली चुचुरादेखि लिएर तराईसम्म ठाउँ अनुसारको अनेकौ भेषभुषा जातजाति मिलेर बसेका छौँ । धर्म, संस्कृतिले पनि परिचित छ मेरो देश ।

अहिले पछिल्लो समयको तुलनामा प्रकृतिले दिएको सुन्दरता बचाइ राख्नका निम्ति हामीहरु एकजुट भएर लागिएन भने आउने भावी पुस्ताहरुको पालासम्ममा वातावरण निकै नै प्रदुषण बनिसकेको हुन्छ । र, यसलाई अहिलेदेखि नै लागि परिएन भने बढ्दो जनसङ्ख्या, बजारीकरण, बसाँइसराईले गर्दा धेरै असर परिरहेको छ । खाद्यवस्तुमा बिषादिहरु मिसिएर मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ । साथै बढ्दो बजारीकरणको चापले बजारको रुप रङ नै परिवर्तन भइसकेको छ । खोलानाला–वनजङ्गल त्यतिकै दुषित बन्दै गइरहेको छ । वन–जङ्गलमा बस्ने प्राणीहरुले आफ्नो बासस्थानहरु बिस्तारै–बिस्तारै छोड्दै छन् । ढल निकासको उचित व्यवस्थापन नहुँदा खोला–नदीमा ढल मिसिँदा जलचर प्राणीहरु दिनदिनै मर्न थालेका छन् । अब यस्ता कार्यलाई अहिलेदेखि नै व्यवस्थापन गरेर रोक्ने र स्वच्छ र सफा नेपालको परिकल्पना गर्ने जिम्मा तपाइँ हामी युवाको हातमा छ ।

सरकार सङ्गै हामी पनि हरेक क्षेत्रबाट सरसफाई देशव्यापी बनाउन सकियो भने विश्वको पर्यटनहरुले यहाँको वातावरणलाई अझ नजिकबाटै नियाल्ने मौका पाउनेछन् र अझ नेपालका शिर विश्वसामु अझ उचाइमा पुग्नेछ । सरसफाई सँगसँगै जनचेतनाको विकास गर्दै सरसफाई सम्बन्धी चेतनामा अभिवृद्धि गर्दै जाने हो भने हो भने पक्कै पनि स्वच्छ नेपालको परिकल्पना साकार हुँदै जानेछ । त्यसैले सरसफाईको आन्दोलनलाई देशव्यापी जागरणका रुपमा गाउँ–गाउँ, बस्ती–बस्तीसम्म पु¥याई सरकार लगायत स्थानीय जनप्रतिनिधिलाई झकझक्याउन कोही पछि नपरौँ ।

घरबारीबाट निक्लने फोहोरलाई वर्गीकरण गरी मोहोरमा बदल्न सकिन्छ । त्यसको लागि सरकारबाट विज्ञहरु परिचालन गरी त्यही फोहोरलाई मोहोरमा परिणत गर्न सकिन्छ । २१औं शताब्दीमा प्रविधिहरु धेरै आइसकेका छन् । सानातिना उद्योगहरु सञ्चालन गरी युवाहरुलाई रोजगारी दिलाउन सकिन्छ । त्यसैले सरसफाई अभियानलाई देशव्यापी बनाउन देशैभर छरिएर सरसफाई निरन्तरता दिँदै आएका संस्थाहरुमा आत्मीयता, भाइचाराको सम्बन्धलाई अझ मजबुत बनाउँदै आइपरेका समस्यालाई सबैँ मिलेर समाधान गर्दै जानुपर्छ ।

सफा नेपाल अभियान सहभागी बनौ !
नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ !
सरसफाई अभियान देशव्यापी बनाऔँ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here