बिर्तामोड,
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका प्रदेश कमिटी सदस्य तथा झापा जिल्ला कमिटी कार्यालय सदस्य वाशु दुलालले पार्टी परित्यागको घोषणा गरेका छन् ।
उनले आफू सम्वद्ध रहेको पार्टी परित्याग गर्दै नेकपामा प्रवेश गरेको घोषणा गरेका छन् । पार्टीमा लामो समयदेखि शैदान्तिक मतभेद रहेकाले आफू पार्टीमा रहेर काम गर्न नसक्ने जनाउँदै दुलालले पार्टी परित्याग गरेको बताएका छन् । पूर्वाञ्चलसंग कुराकानी गर्दै उनले भने – पार्टीमा लामो समयसम्म वसेर काम गर्दा राजनीतिक हिसावले र शैद्धान्तिक हिसावले समेत पार्टी ढुलमुल हिसावमा रहेको र क्रान्तिकारीको कुनै स्पष्ट दिशा नभएकाले नेकपामा प्रवेश गरेको हुँ । दुलाल लामो समयदेखि वाम राजनीतिमा सक्रिय छन् । उनले यस अघि संघीय निर्वाचनमा झापा क्षेत्र नम्वर ५ बाट वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसंग क्रान्तिकारी माओवादीका तर्फबाट चुनावी प्रतिष्पर्धामा रहेका थिए ।