छठको उल्लास, डेस्कसम्पादक सम्मानित

0
568

बिर्तामोड।

प्रदेश नम्वर १का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले छठ पूजाले सामाजिक सद्भाव कायम गर्ने बताएका छन् ।

छठ समाज सेवा समिति बिर्तामोडले विरीङ खोलामा आयोजना गरेको छठ पूजा समारोहको उद्घाटन गर्दै मन्त्री कार्कीले छठ पूजा तराईवासीका लागि महत्वपूर्ण पर्व भएको बताए । उनले भने – यो पर्व अब तेरो र मेरो रहेन हामी सबैको भएको छ । यसले समाजमा सामाजिक एकता कायम गर्न मद्दत पुग्छ ।

छठ समाज सेवा समिति बिर्तामोडका अध्यक्ष धनश्याम चौधरीको अध्यक्षतामा भएको समारोहमा पत्रकार सहित तीन जनालाई सम्मान समेत गरिएको छ । पूर्वाञ्चल दैनिकका डेस्कसम्पादक लक्ष्मण ढकाललाई लामो समयदेखि सञ्चारका क्षेत्रमा रहेर समाज रुपान्तरणका लागि उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेको थियो ।

त्यस्तै समाजको स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै देवेन्द्रकुमार सिंह र धनश्याम पूर्वेलाई सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा गृहमन्त्री कार्कीले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेका थिए ।

समाजका वरिष्ठ उपाध्यक्ष सञ्जयकुमार सर्माले स्वागत गरेको कार्यक्रममा प्रदेश सांसद एकराज कार्की, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी, जिल्ला प्रहरी प्रमुख दिनेशराज मैनाली, बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतरा प्रसाई, नेकपा झापाका बिर्तामोड नगर अध्यक्ष ज्ञानुराम प्रसाई लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महासचिव मनोजकुमार रौनियारले गरेको सचिव शत्रुधन चौधरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here