बिर्तामोड।
झापा बिर्तामोडका व्यवसायी बीरु दर्नालले फरक तरिकाले जन्मदिन मनाएका छन् ।
बिर्तामोडमा विगत तीन वर्षदेखि गोर्खा टेलरिङ्गको स्थापना गरी टेलरिङ्ग व्यवसाय सञ्चालन गर्दै आएका उनले जन्मदिनमा स्थापनाकालदेखि निरन्तर सेवा गर्ने दुई जना प्राबिधिकलाई नगदसहित सम्मान गरेका हुन् ।
टेलरिङ्ग व्यवसायलाई अझ व्यवस्थित गर्न एक वर्ष निरन्तर सेवा गर्ने प्राविधिकलाई आर्थिक प्याकेजसहितको बोनस प्रदान गर्ने प्रणालीको बिकास गर्न सके उनीहरुबाट दिगो सेवा लिन सकिन्छ भन्ने उद्देश्यले जन्मदिनमा गरिने फजुल खर्चले यस्तो कार्य गरेको उनले बताए ।
गोर्खा टेलरिङ्गको स्थापनाकालदेखि निरन्तर सेवा गर्दै आएका प्राविधिकहरु बिजय रोय र नरेश शर्मालाई नगद पाँच हजारसहित सम्मान गरिएको उनले बताए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, पूर्व श्रोतव्यक्ति केशरबहादुर खवास, अग्रज व्यवसायी टिकाराम शिवा लगायतले उनीहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रममा उनीहरुले बिरुले गरेको कार्यबाट प्राविधिकहरुको कार्य दक्षतामा वृद्धि हुने र व्यवसाय सफल हुने बताए । गोर्खा टेलरिङ्ग प्रा.लिमा कार्यरत् प्राविधिकहरुलाई यस वर्षदेखि वार्षिक सात लाखको दुर्घटना बिमा र ७० हजार रुपैयाँको स्वास्थ्य बिमाको व्यवस्था समेत गरेको दर्नालले बताए ।
झापामा नै पहिलोपटक टेलरिङ्ग व्यवसायमा कार्यरत् प्राविधिकहरुलाई पहिलोपटक गोर्खा टेलरिङ्गले यस्तो सुविधा प्रदान गरेको दर्नालले दाबी गरे ।