मृगौला खराबभएको भन्दै दिलबहादुरद्धारा सहयोगको अपिल

0
621

बिर्तामोड ।

दुवै मृगौला खराव भएका झापा अर्जुनधारा नगरपालिका वडा नं. ११ सालवारीका दिलबहादुर राईले सहयोगको अपिल गरेका छन् ।

चारकठ्ठा जग्गा मध्ये आफ्नो उपचार गराउने क्रममा अहिले १३ धुर मात्र रहेकोले उनले सहयोगको याचाना गरेको बताएका छन् । ४६ बर्षिय राईका श्रीमती र एक छोरा रहेका छन् ।

२०७२ जेठमा नोवेल हस्पिटल विराटनगरमा परिक्षण गर्दा दुवै मृगौला खराव भएको चिकित्सकले बताएको उनको भनाई छ । उनी अहिले झापा बिर्तामोडको विर्तासिटी हस्पिटलमा ‘डाइलोसिस्’ गराउँदै आएका छन् ।

आर्थिक अवस्था एकदमै कमजोर भएका राईको ३ बर्षअघि पेटको आन्द्रा वटारिएर बिर्तामोडको विर्तासिटी हस्पिटलमा शल्यक्रिया गरेको बताए । ‘अहिले पनि खाना वढि खायो भने पेट दुख्छ ।’ राईले भने ।

उनको आँखा पनि कमजोर भएको बताए । काठमाडौंको भक्तपुरमा रहेको मृगोला प्रत्यारोपण हस्पिटलले ३० देखि ३५ लाख खर्च लाग्ने बताएको उनले सुनाए । उनले आफ्नो जीवन बचाईदिन सवैमा अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here