काँकरभिट्टा ।
१ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले अब राजनीतिक क्रान्तिको अन्त्य भएकाले सवैजना आर्थिक र समृद्घिको क्रान्तिमा अघि बढ्नुपर्ने बताएका छन् । सिद्घीखोला सिंचाई जल उपभोक्ता संस्थाको नवनिर्वाचित पदाधिकारीहरुको घोषण सभामा बोल्दै प्रदेश सभा सदस्य मैनालीले यस्तो बताएका हुन् ।
उनले विभिन्न समयमा भएका आन्दोलनका कारण मुलुकमा धेरै परिवर्तन भएको भन्दैं यो देशलाई आर्थिकरुपमा मजवुत र समृद्घिशाली बनाउन आर्थिक क्रान्तिको खाँचो रहेको औँल्याए । वर्तमान सरकारले अघि सारेको समृद्घ नेपाल सुखी नेपालीलाई सार्थक बनाउन पनि हरेक नेपाली एक भएर लाग्नुपर्नेमा उनको जोड थियो । हरेक जनप्रतिनिधिहरु चुनाव अघि अलग अलग दलबाट निर्वाचनमा होमिए पनि चुनावको परिणाम आइसकेपछि साझा भएर देश र जनताको विकासका लागि अघि बढ्नुपर्ने उनले बताए ।
फरक आस्था र विचारका कारण कसैलाई पनि भेदभाव गर्न नहुने भन्दैं सभासद मैनालीले हरेक जनप्रतिनिधिहरुलाई जनताको मन जित्न आग्रह गरे । जनता न्यायाधीस भएकाले निर्णय गर्ने जिम्मा जनताकै हातमा रहेका कारण जनतालाई साथमा लिएर हिड्नुपर्ने आजको आवश्यकता औल्याए ।
जनताको पक्षमा काम गर्ने जनप्रतिनिधिको भावी दिन सुन्दर भएकाले जनताको मन जित्नुपर्ने उनको भनाई थियो । बाहुनडाँगीको हरेक विकासका लागि आफू अहोरात्र बाहुनडाँगीवासीका साथ रहने भन्दैं यसैवर्षभित्र बाहुनडाँगीक्षेत्रमा सञ्चार सुविधा पुर्याउने उहाँले प्रतिबद्घता जनाए । सभासद मैनालीले हाल १७ सय हेक्टर क्षेत्रफलमा सिंचाई गदैं आएको सिद्घी नहरलाई २ हजार क्षेत्रफलमा पुर्याउन सुझाव दिए ।
मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले सामाजिक संघ संस्थामा राजनीतिक प्रतिस्पर्धा भन्दा पनि सहमती र सहकार्य गदैं अघि बढ्न जोड दिए । हरेक समस्यामा यो पार्टी उ पार्टी भनेर पन्छिनु भन्दा पनि सामुहिकरुपमा अघि बढे समस्याले निकासा सहजै पाउने उनले विश्वास व्यक्त गरे । उपप्रमुख मीना पोखरेल उप्रेतीले सहकार्य र सहमतिले नै सवै समसया समाधान हुने भएकाले यसतर्फ लाग्न सवैमा आग्रह गरीन । उनले सामाजिक संघ संस्थामा राजनीतिक गर्नुभन्दा पनि यसको विकास र प्रवद्र्घनमा लाग्न जोड दिईन् ।
संस्थाको कात्तिक २ गते सम्पन्न चौथो साधारणबाट नीलकण्ठ तिवारीको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको थियो । निर्वाचन समितिका संयोजक शान्ता निरौलाले कार्यक्रमको अध्यक्षता गदैं सवै पदाधिकारीहरुको नाम घोषणा गरेकी थिईन् । संस्थाको उपाध्यक्षमा लीलाप्रसाद न्यौपाने, सचिवमा इन्द्रकुमार ढकाल, सहसचिवमा जितबहादुर राई, कोषाध्यक्षमा पार्वतिदेवी घिमिरे रहेका छन् । समितिको कार्यकाल तीन वर्षको हुने छ ।
यसैगरी सदस्यहरुमा रत्नबहादुर कार्की, शान्ताराम गुरागाईँ, सुर्य राई, लालबहादुर सुब्बा, प्रेमप्रसाद शिवाकोटी, राम गौतम, प्रणा कार्की, लीलादेवी काफ्ले, यामप्रसाद ढुगेंल, निखिल पोखरेल र शान्तदेवी अर्यालरहेका छन् । प्रमुख अतिथि सभासद मैनाली, विशष्टि अतिथिद्वय नगर प्रमुख आचार्य र उपप्रमुख उप्रेतीले निर्वाचित पदाधिकारीहरुलाई अविर टीका लगाएर प्रमाण पत्र प्रदान गरेका थिए ।
तीलजा घिमिरेले सञ्चालन गरेको घोषणा सभामा नवनिर्वाचित अध्यक्ष तिवारी, संस्थापक अध्यक्ष प्रेमराज घिमिरे, मेचीनगर २ नम्बर वडाका वडाध्यक्ष तीलक न्यौपानेलगायतले यो संस्थाको हित र उन्नतिका लागि हरेक किसानलाई सहजरुपमा सेवा पुर्याउन लगत राख्न समितिलाई सुझाँव दिएका थिए ।
२०६२÷२०६३ मा नेपाल सरकारबाट इजाजत प्राप्त गरेर करीव ५२ करोड रुपैयाँको बजेटमा सिद्घी नहर निर्माण कार्य सम्पन्न भएको समितिले जनाएको छ । उक्त नहर तीनवर्षअघिदेखि सञ्चालनमा आएको र हाल १७ सय हेक्टर क्षेत्रफलमा सिंचाई हुने गरेको छ ।