कालिका बहुउद्धेश्यीयको १७औं सभा सम्पन्न

0
441

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९ स्थित कालिका बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।

संस्था सञ्चालक समितिका अध्यक्ष कर्णबहादुर तामाङको अध्यक्षता र झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष योगप्रसाद मिश्रले गरेका थिए ।

कार्यक्रममा समितिका अध्यक्ष तामाङले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र लेखा समिति संयोजक गोपालकृष्ण खतिवडाले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार जम्मा शेयर पूँजी एक करोड एक लाख सात हजार चार सय रुपैयाँ रहेको संस्थाको विभिन्न कोषहरुमा ५३ लाख ८९ हजार चार सय ६३ रुपैयाँ ४९ पैसा रहेको छ ।

त्यसैगरी संस्थाले गत आर्थिक वर्ष ०७५÷०७६मा आठ करोड ४० लाख १२ हजार आठ सय ५६ रुपैयाँ ६३ पैसा बचत संकलन गरी आठ करोड २० लाख ५९ हजार छ सय एक रुपैयाँ १२ पैसा बचत फिर्ता तथा चार करोड छ लाख ५६ हजार रुपैयाँ कर्जा लगानी गरी दुई करोड ७८ लाख ८७ हजार पाँच सय ९८ रुपैयाँ ४५ पैसा कर्जा असुली गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सोही कार्यक्रमको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पत्रबाट सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा संस्थाका संस्थापक अध्यक्ष पदमलाल श्रेष्ठ र उनको धर्मपत्नी पूर्णलक्ष्मी श्रेष्ठ, ज्येष्ठ महिला शेयर सदस्यद्धय पुस्नी चौधरी र रमादेवी मिश्र, ज्येष्ठ पुरुष शेयर सदस्यद्धय छविलाल भट्टराई र हरिप्रसाद मिश्र, उत्कृष्ट उद्यमीद्धय राजु सापकोटा र वासुका पोखरेल, उत्कृष्ट बचतकर्ताद्धय गुर्जावती चौधरी र युवराज काफ्ले, उत्कृष्ट कर्मचारी खगेन्द्र खतिवडा रहेका छन् ।

त्यस्तै सामुदायिक विद्यालयमा अध्धयनरत् शेयर सदस्यका सन्तानमध्ये गत वर्षको एसईई परीक्षामा उत्कृष्ट ग्रेड लिई उत्र्तीण हुने विनायक रिजाल र शेयर सदस्य कल्पना घिमिरे मिश्र रहेका छन् ।

नगर पशुपन्छी, मत्स्य विकास शाखका वेनुप प्रसाईं, झापा जिल्ला सहकारी संघका सदस्य टंक बराल, नगर समन्वय समितिका सचिव कृष्णप्रसाद चापागाईं, जलेश्वर बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष गोविन्द खतिवडा, त्रिनेत्र बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष केशवकुमार खड्का, लालीगुँरास महिला कृषि सहकारी संस्थाकी अध्यक्ष मेनुका पौड्याल, शनिश्चरे साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक भूमिनाथ बराल, कालिस्थान बौद्ध गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सन्त गोम्देनलगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन सचिव केदारनाथ पोखरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here