स्वास्थ्य चौकी निर्माणका लागि निःशुल्क जग्गा प्रदान

0
617

बाहुनडाँगी ।

मेचीनगर— १ मा स्थानीयवासीले स्वास्थ्य चौकी निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने भएका छन् ।

स्थानीय युवराज पोखरेलले ५ तथा दानबहादुर पोखरे र धनबहादुर राईले १÷१ गरी करीव २८ लाख रुपैयाँ मुल्य बराबरको जम्मा ७ कठ्ठा जग्गा नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका हुन् । उक्त जग्गा नगरपालिकाको नाममा हस्तान्तरण भइसकेको छ ।

उक्त जग्गामा हाल विभिन्न जातका बोट विरुवा लगाइएको छ । ग्रामिणक्षेत्रका मानिस स्वास्थ्य सेवाबाट बञ्चित नहुन भनेर आफ्नै घर आगनमा स्वास्थ्य केन्द्र निर्माण होस भन्ने उद्घेश्यले जग्गा नगरपालिकालाई प्रदान गरेको दाता युवराज पोखरेलले बताए ।

उनले सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माणका लागि नगरपािलकासँग आग्रह समेत गरे । जग्गाको १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य उपप्रमुख मीना पोखरेल उप्रेतीले १ नम्बर वडाध्यक्ष पासाङ्ग तामाङलगायत स्थानीय दल,सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरुले स्थलगत अवलोकन गरेका थिए ।

स्थलगत अवलोकनका क्रममा त्यस क्षेत्रमा स्वास्थ्य केन्द्रको आवश्यकता महसुश गरिएको र दाताहरुले जग्गा उपलब्ध गराएका कारण तत्काल सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माण हुने १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले बताए । उनले भवन निर्माणका लागि प्रदेश तथा संघीय सरकारमा समेत आफुले पहल गर्ने विश्वास दिलाए । एकै पटक नभएपनि क्रमस सुविधा सम्पन्नसहितको स्वास्थ्य केन्द्र बन्नेमा ढुक्क हुन स्थानीयवासीलाई उनले आग्रह गरे ।

सरकारले भवन निर्माणका लागि २४ लाख रुपैयाँमा ठेक्का लगाएको र बाँकी पूर्वाधारका लागि मेचीनगर नगरपालिकाले लगानी गर्ने तथा साविक बाहुनडाँगीवासी हाल मेचीनगर नगरपालिकाको १, २, ३ र ४ नम्बर वडाबासीलाई सहजरुपमा स्वास्थ्य सेवा दिने लक्ष्य रहेको नगरप्रमुख विमल आचार्यले बताए ।

वरिपरी कम्पाउण्डसहित गेटलगायतका आवश्यक पूर्वाधार निर्माणमा नगरपालिका लाग्ने उनको भनाई छ । स्वास्थय, शिक्षा एउटा नागरिकको नैसर्गिक अधिकार भएकाले यसबाट उ बञ्जित हुनुहुदैन भन्ने नगरपालिकाको चाहना रहेको प्रमुख आचार्यको भनाई छ ।

उपप्रमुख मीना पोखरेल उप्रेतीका अनुसार एम्बुलेन्ससहितको सेवा दिने सोचका साथ नगरपालिका लागेको र प्रसुति सेवाको सुविधा समेत प्रदान गरिने छ। उहाँका अनुसार करीव डेढ करोड रुपैयाँको लागतमा सो स्वास्थ्य केन्द्र निर्माण हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here