इलाममा ‘घरजम’

१८ कार्तिक २०७६, सोमबार मा प्रकाशित

इलाम,

सामाजिक कथामा आधारित चलचित्र ‘घरजम’ इलाममा पनि प्रदर्शन गरिने भएको छ ।

लिम्बू जातिमा आधारित विहेबारी र संस्कृतिसँग जोडिएको उक्त चलचित्र यही कात्तिक ३० गते प्रदर्शन गरिने निर्देशक मौसन इम्बुङले जानकारी दिनुभयो ।

जातीय र मौलिक संस्कृतिसँग जोजिएको सो चलचित्र यसअघि पूर्वाञ्चालका विभिन्न जिल्ला प्रदर्शन गरिएकामा ४० हजारले अवलोकन गरिसकेको उहाँले बताउनुभयो ।

हाल हङकङमा बस्ने प्रवासी नेपालीहरुको लगानी रहेको उक्त चलचित्र नेपालबाहिर पनि देखाइने बताइएको छ । रू ८० लाखभन्दा बढी खर्च भएको चलचित्र अब चलचित्र घरमा समेत प्रदर्शन गरिने जनाइएको छ ।

लिम्बू विद्यार्थी मञ्चको संयोजनमा इलाममा चलचित्र प्रदर्शन गर्न लागिएको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here