सुरुङमा फसेका चारै जना मजदुर मृत अवस्थामा फेला

0
548

बझाङ,

निर्माणाधिन कालंगागाड जलविद्युत आयोजनाको सुरुङमा फसेका चारै जना मजदुर मृत अवस्थामा फेला परेका छन् । उनीहरु आइतबार दिउँसो ३ बजेदेखि सुरुङभित्र फसेका थिए ।

फसेकाहरुको शव २४ घण्टापछि सोमबार दिउँसो ३ बजे बाहिर निकालिएको हो । सुरुङमा फसेर ज्यान गुमाउनेमा दैलेखको गुराँस गाउँपालिका–३ का कर्णबहादुर शाही, र महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद गाउँपालिका–६ का महेन्द्र साउद र बझाङ बुंगल नगरपालिका– १ का शेरसिंह धामी रहेका छन् ।

घटना लगतै घटनास्थलमा पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरे पनि सफल हुन नसकेपछि सोमबार काठमाडौंबाट उद्धार टोली मगाइएको थियो ।

सोमबार दिउँसो हेलिकप्टर मार्फत घटनास्थल पुगेको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयको उद्धार टोलीले सुरुङबाट शव निकालेको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले बताए । अक्सिजनको कमिका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here