दहीझोडाद्धारा विपन्न उपभोक्ताको लागि आवास निर्माण

0
719

अर्जुनधारा ।

झापाको अर्जुनधारा–४स्थित दहीझोडा सामुदायिक वन उपभोक्ता समूहले विपन्न तीन जना उपभोक्तालाई आवास निर्माण गरिदिएको छ ।

समूहको गरिबी निवारण कार्यक्रम अन्र्तगत निर्माण गरिएको उक्त आवासको साँचो सोमबार आयोजित एक कार्यक्रमकोबिच उनीहरुलाई हस्तान्तरण गरिएको छ ।

समूहका अध्यक्ष खगेन्द्रकुमार सुब्बाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले उक्त साँचो हस्तान्तरण गरेका थिए ।

समूह अन्र्तगत रहेको हरियाली महिला बचत तथा ऋण परिचालन समूहमार्फत् निर्माण भएको सबै आवासको जम्मा लागत पाँच लाख ३१ हजार सात सय ४८ रुपैयाँ रहेको छ । नवनिर्मित आवासमा बरण्डासहित दुई वटा कोठा रहेका छन् ।

समूहकी सचिव निरामाया तामाङकी अनुसार आवास पाउने विपन्न उपभोक्ताहरुमा क्षेत्र नम्बर १ टोल नम्बर २२की लता दनुवार, क्षेत्र नम्बर २ टोल नम्बर २९की शोभा काफ्ले र क्षेत्र नम्बर ३ टोल नम्बर २०की कृष्णमाया सार्की छन् ।

कार्यक्रममा अर्जुनधारा–४का वडाध्यक्ष दुर्गाप्रसाद दाहाल, वडा सदस्य धनबहादुर विश्वकर्मा, सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, पूर्व अध्यक्षद्धय अम्बर कटुवाल र प्रेमबहादुर कार्की, सल्लाहकार सदस्यद्धय अमृत बुढाथोकी र गुह्ेश्वरी कार्की, सिंहवाहिनी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रराज अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

हरियाली महिला बचत तथा ऋण परिचालन समूहकी संयोजक सरीता राईले आवास निर्माणको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रामप्रसाद गिरीले र कार्यक्रमको सञ्चालन सचिव तामाङले गरेकी थिइन् ।

यस अघि सोही कार्यक्रममार्फत् समूहले विपन्न उपभोक्ताहरुलाई खाट वितरण, शौचालयको प्यान वितरण, सोलार प्यानल वितरण, तरकारी खेती, विद्युत वाइरीङ तालिम, माइन्युट लेखन तालिम, विद्यार्थीहरुको लागि निःशुल्क कम्प्युटर तालिमलगायत सञ्चालन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here