अर्जुनधारा ।

मानव अधिकार र सामाजिक न्यायका निमित्त झापाको अर्जुनधारामा नगर स्तरिय मानव अधिकार समूह गठन भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश कार्यालय विराटनगरको आयोजनामा सोमबार सम्पन्न भेलाबाट चन्द्र सुवेदीको अध्यक्षतामा १७ सदस्यीय समिति गठन भएको इन्सेकका स्थानीय सहजकर्ता राजन साम्पाङले जानकारी दिए ।
नवगठित समितिको उपाध्यक्षमा रीना मगर, सचिवमा विष्णु आचार्य, सहसचिवमा सुभद्रा गेलाल र कोषाध्यक्षमा सीता कँडेल चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा अनारुल मोहम्मद, अशोक वान्तवा राई, एकदेव खनाल, जीना लिम्बू, झुमा घिमिरे, पशुपति घिमिरे, मुना भट्टराई, राज खम्बू, राजकुमार लोहार, विष्णु प्रसाईं, सीता भारती र सुशिला गिरी रहेका छन् ।
शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारका सवालहरुमा स्थानीय सरकारसँगको समन्वय, सहकार्य र साझेदारीमा स्थानीय नागरिकहरुलाई सचेत बनाउँदै राज्यले प्रवाह गरेको सेवा सुविवधामा पछी परेका समुदायका व्यक्तिहरुको अधिकारमा पहुँच वृद्धी र निर्णायक प्रक्रियाहरुमा सक्रिय सहभागितामा अभिवृद्धी गर्ने उद्धेश्यले उक्त समूह गठन गरिएको हो ।
इन्सेकका क्षेत्रीय संयोजक सोमराज थापाको अध्यक्षता र अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कार्यक्रमको औचित्यसहित स्वागत इन्सेक झापाका प्रतिनिधि नरेश खातीले गरेका थिए । कार्यक्रमको सञ्चालन स्थानीय सहजकर्ता साम्पाङले गरेका थिए ।






























