हराएको ६० वर्षपछि रामकृष्णको काजकिरिया

0
635

राजगढ,
बाह्रदशी गाउँपालिका – ३ निवासी राममकृष्ण उप्रेतीकको हराएको ६० वर्षपछि काजकिरिया गरिएको छ ।
२०१६ सालमा ४० वर्षको उमेरमाा भारतको आसााम जान्छु भन्दै घरबाट हिँडेका उप्रेती घर नफर्किएपछि उनको काज किरिया गरिएको हो ।

हिन्दू संस्कार अनुसार कात्तिक १६ गतेदेखि उनको विधिवत रुपमा काज किरिया थालिएको हो ।
कुसको शव वनाएर घाग्रा खोलामा अन्त्येष्टि गरिएपछि  छोरा वल्लवमणि उप्रेतीले काज किरिया गरिरहेका छन् ।

त्यस्तै उनका चार छोरीहरु मध्ये माइली कृष्णमाया र कान्छी पद्माले काज किरिया गरिहेका छन् ।  उनकी श्रीमती अपमाया सहित दुई छोरीहरु जेठी विष्णुमाया र साहिली नरमायाको यस अघि नै मृत्यु भइसकेको वााह्रदशी गाउँपालिका – ३ कि जनप्रतिनिधि लक्ष्मी निरौलाले जानकारी दिइन् । उनी १९७६ सालमा जन्मिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here