म घर छोडेर हिडेको मान्छे
बुवा आमाबाट टाड़िएको मान्छे
असल छोरा कसरी भएँ ?
म शहरमा बसेर कमाउने मान्छे
एक चोटी मात्रै बर्षमा घर आउने मान्छे म
असल छोरा कसरी भएँ?
मामूलाई सुबिधाका मशीन किनिदिएर
जिम्मेवारीबाट पन्छिने मान्छे म
असल छोरा कसरी भएँ?
बुहारी बिहे गरेर सँगै लिएर हिड्ने
तर काम गर्ने मान्छे बेवस्था गरीदिने मान्छे म
असल छोरा कसरी भएँ?
खेत जोत्न ट्रेक्टरको पैसा तिरीदिने
तर सँगै लागेर नखन्ने मान्छे म
असल छोरा कसरी भएँ ?
दशैमा पहुना पाल्ने खर्च दिने तर
घरै बसेर उनीहरुको गाली नखाईदिने मान्छे म
असल छोरा कसरी भएँ ?
काधमा बोकेर अस्पताल नलगेर
एम्बुलेन्स बोलाई दिने मान्छे म
असल छोरा कसरी भएँ ?
तीर्थबर्त गर्नलाई भारमा बोक्न नसक्ने
अनी बस रिज़र्व गर्दीने मान्छे म
असल छोरा कसरी भएँ ?
असलको परिभासा नाजानेको मान्छे म
असल छोरा कसरी भएँ ।
अर्पण के शर्मा
बिर्तामोड, झापा ।