मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

0
575

भरतपुर,

मङ्सिर १४ गते हुने उपनिर्वाचनको लागि चितवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज बिहान चितवन जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको नागरिक समाजका अध्यक्ष केदार मल्लले उद्घाटन गर्नुभयो । कार्यालय स्थापनासँगै निर्वाचनका गतिविधि शुरु भएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिनुभयो ।

उहाँले २७ गते मनोनयन दर्ता र मंसिर १ गते अन्तिम चुनाव चिन्ह वितरणको कार्यक्रम रहेको बताउनुभयो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत हेमन्त रावल, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी, नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ललगायतको उपस्थिति रहेको थियो ।

यस्तै आज नै पूर्वी चितवनको खैरहनी नगरपालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पुरानो नगरपालिकाको भवनमा निर्वाचन अधिकृत विद्याराज पौडेलले कार्यालयको उद्घाटन गर्नुभयो । चितवनमा भरतपुर महानगरपालिका –१६ खैरहनी नगरपालिका–४ र ५ को वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here