थुनुवालाई उत्प्रेरणा जगाउने कार्य

0
524

विराटनगर,

जिल्ला प्रहरी कार्यालय मोरङले थुनावामा रहेका बन्दीलाई सचेतना गराउने कार्यको शुरुवात गरेको छ ।

पाँच वटा हिरासत कक्ष रहेको कार्यालयमा महिला र पुरुषको छुट्टाछुट्टै थुनुवा कोठा छन् । विभिन्न अपराधमा पक्राउ परेका व्यक्तिको मनोविज्ञान बुझ्न प्रहरी उपरीक्षक विश्व अधिकारीले उनीहरुकै बेग्लाबेग्लै कक्षमा प्रवेश गरेर जानकारी हासिल गर्नुभएको छ ।

छजना महिलासहित ३४ जना हिरासतमा रहेका थुनुवालाई चाडपर्वको समापनपछि उपरीक्षक अधिकारीले हामीमा ऊर्जाशील सोच छ,यसलाई हामी सबैले सही सदुपयोग गर्नुपर्छ र यसबाट हाम्रो जीवन नकारात्मक भन्दा पनि सकारात्मक काम गर्न बल प्रदान गर्छन् भनिरहँदा थुनुवामा रहेका सबै भावविभोर भए ।

थुनुवामा रहेकाहरुले यो थलो कुटपिट गर्ने, यातना दिने, मानसिक तनाव दिने स्थान मात्र नभएर पाहुना जस्तै वातावरण रहेको पाइएको उनीहरुको भनाइ थियो । थुनुवामा रहेकाको हौसला प्रदान गर्न र यहाँ पछिको जीवन अपराधमुक्त गर्न प्रहरी अधिकारीले पहिलो पटक यो कार्य गरेको पाइएकोले उनीहरु अत्यन्त हर्षित र खुशी देखिएका थिए ।

मोरङ प्रहरीको हिरासतमा सबैभन्दा बढी अभद्र व्यवहार कार्यमा म्याद थप गरिएका अभियुक्तहरु छन् । हिरासतमा १४ जना अभद्र व्यवहार मुद्दाका, लागुऔषधका पाँच जना, बहुविवाहका तीन जना, चोरी ठगिका एक जना, जबरर्जस्ती करणीका दुई जना, विष्फोटक पदार्थका चार जना, बैंकिङ कसुरका एक जना र हातहतियार मुद्दाका एक जना अभियुक्त छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here