महोत्तरीमा उपनिर्वाचनको तयारी

0
395

महोेत्तरी,

आउने मङ्सिर १४ गते हुने उपनिर्वाचनमा महोत्तरीका २२ हजार ७१० मतदाताले मतदान गर्ने भएका छन् ।

जिल्लाको पिपरा गाउँपालिकाका अध्यक्ष र अन्य दुई नगरपालिकाका तीनवटा वडामा हुने उपनिर्वाचनमा सो सङ्ख्याका मतदाताले भाग लिने जिल्ला निर्वाचन कार्यालयले जनाएको हो । पिपरासहित बलवान गरपालिका–२ र ८ एवं मटिहानी नगरपालिका–८ को वडाध्यक्षसहित चार पदका लागि उपनिर्वाचन हुँदैछ ।

तीमध्ये पिपरा गाउँपालिकामा १८ हजार ५०४ बलवा–२ मा एक हजार ५५४, बलवा–८ मा एक हजार ५८३ र मटिहानी–८ मा एक हजार ६९ मतदाता रहेको उक्त कार्यालयले जनाएको हो । उक्त गाउँपालिकाका अध्यक्ष विनोदकुमार चौधरी, बलवा–२ र ८ का वडाध्यक्ष क्रमशः राजकुमार साह र लोकेन्द्र महतोको मृत्यु भएर एवं मटिहानी–८ का वडाध्यक्ष सञ्जयकुमार मण्डलले राजीनामा दिएपछि रिक्त भएका ती पदका लागि उपनिर्वाचन हुन लागेको जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले जानकारी दिनुभयो ।

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदी तोकिनुभएको र मुख्य निर्वाचन अधिकृतको कार्यालय पिपरामा स्थापना गरिएको छ । त्यसैगरी बलवाका दुईवटा वडा र मटिहानीको एक वडाको उपनिर्वाचनका लागि पनि निर्वाचन अधिकृत तोकिएको कार्यालयले जनाएको छ ।

उपनिर्वाचनमा पिपराको १५ मतदानस्थलमा २४ मतदान केन्द्र, बलवामा दुइवटा वडामा एक÷एक मतदानस्थलमा दुई÷दुई मतदान केन्द्र एवं मटिहानीको एउटा वडाको उपनिर्वाचनका लागि पनि एक मतदानस्थलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन अधिकारी झाले बताउनुभयो ।

चारवटै पदका लागि हुने उपनिर्वाचनमा यही कात्तिक २७ गते उम्मेदवारले मनोनयनपत्र दाखिला गर्ने समय तोकिएको छ । चुनावका लागि मनोनयनपत्र दाखिला गर्ने समय नजिकिँदै गर्दा राजनीतिक दल उम्मेदवार छान्न व्यस्त देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here