विनोद सापकोटा/ झापा ।

झापामा प्रहरीलाई एक पछि अर्को सफलता मिल्दै गएको छ । साहायक मार्गबाट चोरी गर्दे भारत निकासाका लागि लैजादै गरेको दुई ट्रक गोरु बरामद भएको दुई दिन वित्न नपाउदै ठुलो परिमाणको अवैध गोलिया काठ पनि प्रहरीले वरामद गरेको छ ।
कनकाई नगरपालिका वडा नम्वर ३ बाट मंगलबार विहान गोरु बरामद गरेको प्रहरीले वुधबार दिउसो ठुलो परिमाणको गोलिया बरामद गरेर तस्करको मनोवल गिरायो । प्रहरीले भनेको छ, ‘राज्य दोहन गर्ने संग कुनै सम्झौता हुदैन, झापामा प्रहरी २४ घण्टा अलर्ट छ ।’ सर्वसाधरणको जिउ ज्यानको सुरक्षा सहित चोरी तस्करीमा सक्रियता बढाएछी झापा प्रहरीलाई दिनहु सफलता मिल्न थालेको झापाका राजनितीकर्मी अशोक बस्नेतले बताएका छन ।
प्रहरीले वरामद गरेको दुई वटा ट्रक सहित गोरु मेचि भन्सार कार्यलय वुझाएपछी त्यसको कार्वाही प्रकृया अघि वढाएको भन्सार कार्यलय श्रोतले बताएको छ । गाई—गोरुको तस्करी गर्ने गिरोह झापामा ठुलो समुहमा सक्रिय भएपनी प्रहरीले ठाँउ ठाँउमा गरेको अप्रेसनले सफल्ता पाए पछी उनिहरु निरास हुन थालेका छन ।
जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखाबाट ईलाका प्रहरी कार्यलय झिलझिलेको प्रहरीको टोलिले वुधबार दिउसो २०२.९१ क्युफिट परिमाणको हरियो सखुवाको गोलिया बरामद गरेको हो । बरामद गरिएको यो काठ शिवसताक्षी नगरमा हाल सम्मकै ठुलो परिमाणको हो । स्थानीयका अनुसार प्रहरीले उक्त गोलिया नाटकीय शैलिमा बरामद गरको थियो ।

दोमुखा स्थीत कनकाई नदिको पश्चिम तटिय क्षेत्रमा स्थानीयले एकाविहानै वेवारिसे गोलिया देखेका थिए । तस्करले मार्ने डरले उक्त सुचना स्थानीयले कतै पनि चुहावट गरेनन् । तर, एक जना स्थानीयले प्रहरीलाई गोप्य सुचना दिए । दिउसो १२ बजे सम्म पनि उक्त गोलिया त्यहि रहेको र हेर्नेको एक पछि अर्को भिड थपिन थाल्यो । त्यै भिडमा एक जना सादा पोसाकका प्रहरी पनी थिए ।
सादा पोसाकका प्रहरीेले ईलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षका प्रहरी निरिक्षक कोमल ठाकुर घटनाको विस्तृत विवरण टिपाए । प्रहरी निरीक्षक ठाकुरले पनी जिल्ला प्रहरी कार्यलयका प्रमुखलाई वेवारिसे गोलियाको बारेमा जानकारी गराए । झापा प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिनेश राज मैनालीको डिजाईनमा घटना स्थलबाट सकेसम्म तस्कर पनी पक्राउ गर्ने गरि आदेश भयो । त्यसपछी सादा पोसाकमा प्रनि ठाकुर त्यस तर्फ दौडिए । प्रहरी त्यहाँ पुग्दा तस्करले उक्त गोलिया उठाउने चाँजो पाँजो मिलाउदै थिए ।
प्रहरीले गोलिया फेलापारेको स्थानलाई चारै तिरबाट घेरा हाल्यो । प्रहरीले घेरा हालेको देख्ने वित्तीकै त्यहाँ रहेका केहि मानिष भागे । प्रहरी पनी दौडियो, उनिहरुलाई पक्राउ गर्न । तर, तस्कर पक्रन भने सकेन । स्थानीयका अनुसार उक्त काठ तस्करले दक्षीण ईलामको माई नगरपालिकाको बन क्षेत्रबाट ल्याएका हुन । कनकाई नदिको पानीको वेगमा उक्त काठ तस्करले बगाएर ल्याएको हुन सक्ने स्थानीयले बताएका छन । उक्त गोलिया निकासीका लागि झापाको ठुलै र पहँुचवाला गिरोहको संलग्नता रहेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । दिउसै गोलिया चानचुने मानिसले निकासीको योजना बनाउन नसक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले १५ थान गोलिया बरामद गरेको हो । बरामद गरिएको काठ मध्ये ४ वटा पुराना र ११ वटा हरियो गोलिया रहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । झापा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक दिनेश राज मैनाली ले मरामद गरिएको गोलियाको बजार मुल्य १२ लाख बराबरको रहेको बताए । बरामदी काठ सेक्टरबन कार्यलय सुरुङ्गामा प्रहरीले वुझाएको छ ।































