बालबालिकालाई सहयोग

0
561

नवलपरासी, 

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१ का वडा सदस्य मनबहादुर थापामगरले अनाथ तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई अध्ययनका लागि आर्थिक सहयोग गर्नुभएको छ ।

पछिल्लो पटक सोमनाथ आधारभूत विद्यालयमा अध्यनरत खगेन्द्र श्रेष्ठ र गङ्गाप्रसाद श्रेष्ठलाई किताब, पोशाकलगायतका शैक्षिक सामग्री प्रदान गर्नुभएको विद्यालयका प्रधानध्यापक जगतप्रसाद पौडेलले जानकारी दिनुभयो ।

गरीबीका कारणले कोही पनि बालबालिका शिक्षाको अवसरबाट बन्चित हुन नपरोस भनेर आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई सहयोग गरेकोे वडा सदस्य थापाले बताउनुभयो ।

उहाँले आर्थिक अवस्था कमजोर भई पढाइखर्च जुटाउन नसकिरहेका अन्य दुई विद्यार्थीको पनि अभिभाकत्व ग्रहण गरी शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।

वडा सदस्य थापाले आर्थिक वर्ष २०७४÷७५ को शैक्षिक सत्रदेखि सोमनाथ आधारभूत विद्यालयमा अध्यनरत अनाथ विद्यार्थी गरीमा चौधरी र रोहित चौधरीको अभिभाकत्व ग्रहण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here