लिपुलेक नेपाली संम्पति हो,: मुलुकमा शैनिक शासन लाग्छ – माता आचार्य

२२ कार्तिक २०७६, शुक्रबार मा प्रकाशित

झापा,उर्लाबारीको एक आश्रममा सहयोगका लागि आउनु भएकी माता सविता सरु शर्मा आचार्यले राजतन्त्र नफर्किएसम्म मुलुकमा शान्ति नआउने बताउनुभएको छ । उहाँले अहिलेको पहिलो आबश्यकता भनेकै शान्ति भएको र त्यो भनेको मुलुमा हिन्दू राष्ट्र र राजा नफर्किकन प्राप्त नहुने बताउनुभयो ।
देश र जनताको पक्षमा भविश्यवाणी गर्दै लाखौं नेपाली र नेपाली भाषिको मन जित्न सफल उहाँले यसअघि पनि धेरै राजनीतिकदलका उच्च पदस्थ व्यक्तिको भविश्यवाणी गरिसक्नु भएको छ । उहाँले मुलुक अब सेनाको हातमा जाने र नेपाली काँग्रेस हुँदै राजतन्त्र फर्किएपछि मात्रै स्थायी शान्ति प्राप्त गर्न सकिने बताउनुभयो । समृद्ध मुलुक सबैको सपना हो भन्दै समृद्ध मुलुक बनाउन राजतन्त्र अनिवार्य भएको बताउनुभयो ।
नेपालको भूमि भारतको भएको भन्दै भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गरिरहँदा माता आचार्यले हाम्रो कालापानी लिम्पियाधुरा लिपुलेक नेपाली संम्पति भएको र हाम्रो राष्ट्रियता माथिको अतिक्रमण आक्रमण शैय छैन भन्नुभएको छ ।
राष्ट्रियताका विषयमा हामीहरु उठौ, बोलौ आवश्यक परे बलिदानि दिन तैयार हौ भन्दै उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ – ‘राणाहरुले जोगाएको सम्पति राजाहरुले आर्जेको मुलुक बचाऔँ , नत्र हामीहरु सडकमा हुनुपर्छ । जनाअदोलनहरु बढेर जानबाट जोगाऔँ जनताहरुलाई आन्दोलनमा‘ लानबाट जोगाऔँ र हाम्रो यो नेपाल सरकारले चाँडै सोचेर मुलुकमा जनताहरुमाथि सुख बाड्ने कर्म गरौँ नत्र देश झनैँ दुर्घटनामा जाँदैछ बेलामै सोचौ ।’
यसैबीच माता आचार्यले उर्लावारी सहित इटहरीमा रहेका अनाथ बालवालिकालाई सहयोग गर्दै मुलुकको समेत भविश्यवाणी गर्नुभएको छ ।
नि–सहाय वाल आश्रममा माता पुग्दा जे देखियो
झापा,झट्ट सुन्दा कुनै चलचित्रको कथा भन्दा फरक छैन गीता गौतमको जीवन । उहाँ अबिबाहित आमा हो । तर, पनि उहाँ दर्जनौ अनाथहरुको आमा बन्नु भएको छ । झण्डै चार दशकदेखि अनाथ बालवालिकाहरुलाई आमाको माया र ममता दिइरहनु भएकी गीताले पछिल्लो समय वृद्ध–वृद्धालाई समेत आश्रय दिन शुरु गर्नुभएको छ । हुन त उहाँ आफैंमा अनाथ हो । गीताले बुवा लाई पानीजहाज दुर्घटनामा गुमाउनुभयो अनि आमा पनि त्यस लगत्तै गुमाउनु प¥यो । पाँच वर्षकै कलिलो उमेरमा आमा बुवा दुवै गुमाएर मुम्वईको एक अनाथ आश्रममा हुर्कनुभएकी गीताले आफ्नो जीवन नै अनाथहरुको आश्रमका लागि समर्पित गर्ने निर्णय गर्नुभयो । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ को नि– सहाय वाल आश्रममा अहिले ४१ जना वालवालिका सहित ४३ जनाले आश्रम लिइरहेका छन् । जसका अभिभावकको अहिलेसम्म अत्तोपत्तो छैन ।


सडकमा वेवारिसे अवस्थामा सालनाल सहित भेटिएका र विभिन्न व्यक्तिले अलपत्र पारेका वालवालिका अहिले त्यहाँ आश्रय लिइरहेका छन् । त्यहाँ आश्रय लिने बालवालिकाका लागि कुनै विदेशी संघ – संस्था र कुनै दातृ निकायको पनि सहयोग छैन । त्यहाँ रहेका बालवालिकाका लागि गीता गौतमको अथक प्रयासमा सहयोगी हातहरुबाट उनीहरुको विहान बेलुकाको छाक टार्ने काम भइरहेको छ ।
अफू अनाथ भएपनि त्यसको कुनै प्रवाह नै नगरी गीताले २०३८ सालमा सिलिगुढीको रेलवे– स्टेशनमा भेटिएको नावालक शिशु सहित तीन जना बालवालिका लिएर इटहरी आउनुभयो र त्यही उहाँले यो आश्रम सञ्चालन गर्नुभएको हो ।
आफूले हजार चोट सहेरपनि अरुलाई खुशी दिने गौतमले सञ्चालन गरेको आश्रममा झण्डै तीन सय बढीले आश्रय लिई सकेका छन् । २००७ सालमा धनकुटा जिल्लामा जन्मनु भएकी गीता आफू अनाथ भएर पनि तीन सय चार जनाको संरक्षक बन्नुभएको छ ।


दुःखमा पनि रमाउन सक्ने गीतको मूल लक्ष्य नै अनाथहरुको संरक्षण र सेवा हो । आश्रममा आश्रय लिएका बालवालिकाहरुलाई गौतमले लालनपालन मात्रै गर्नु हुन्न उहाँले आफू नै अभिभावक बनेर नागरिकता समेत दिलाउन सहयोग गर्दै आउनुभएको छ ।
आफू अनाथ भएर पनि समाजका लागि केही गर्नु पर्छ र असाहय बालवालिकाका लागि ज्यूँदो भगवान बनेर गीताले उदाहरणीय काम गरेको भन्दै देश तथा विदेशमा ख्याति कमाउनु भएकी इटहरी निवासी माता सविता शर्मा सरु आचार्यले सो आश्रमको भ्रमण गर्दै आश्रमका लाववालिकालाई सहयोग समेत गर्नुभएको छ । उहाँले आश्रममा पुगेर सबै बालवालिकालाई प्रसादको रुपमा लत्ता कपडा प्रदान गर्नुभयो । उहाँले आश्रममा रहेका बालावालिकाका लागि दातालाई समेत सहयोग गर्न आग्रह गर्नुभयो ।
यता ज्योति लाइफ इन्स्योरेन्स इटहरी शाखाकी प्रवन्धक सिमा बस्नेतले आश्रममा रहेका वालवालिकालाई सम्झिएर एक दिन मात्रै भएपनि आफ्नो बच्चाको जन्म दिनलाई आश्रममा आएर मनाउने हो भने आश्रमका बच्चाहरुमा समेत खुशी छाउने बताउनुभयो ।


त्यसो त नेपालकै पुरानो वाल आश्रम मध्येको यो आश्रम अरुकै सहयोगमा सञ्चालत छ । गीताको अथक प्रयासमा सञ्चालित यो आश्रममा रहेका सबै बाल बालिकालाई दाताकै सहयोगमा आवासदेखि भोजनसम्मको व्यवस्थापन गरिएको छ । तथापि अहिले पनि आश्रमलाई ट्वाइलेट बाथरुमको अभाव रहेको गीताले बताउनुभयो ।
हुन त नेपालमा धेरै आश्रम छन् । सबै आश्रम र आश्रम सञ्चालकको आ – आफ्नै कथा र व्यथा हुन्छ । तर, आफू नै अनाथ भएर पनि अरुलाई आश्रय दिनु चाँही चानचुने कुरा होइन । तीन सय बढी असाहय बाल वालिकाको अभिभावक बनिसक्नु भएकी गीताको यो प्रशंसनीय कार्यको जति प्रशंसा गरेपनि कम हुन्छ । बरु उहाँले सञ्चालन गरेको यो महान अभियानमा तपाई हामी पनि सहभागी बनेर सहयोग पु¥याउने पो हो कि ?

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here