जन्मदिनमा भजन र गजल गायन

0
898

बिर्तामोड।

पछिल्लो समय जन्मदिन, विवाह लगायत धेरै खर्च गरेर तारे होटलमा मनाउने प्रचलन बढ्दै गएको छ । पश्चिमी संस्कृतिको प्रभावले पूर्विय संस्कार, संस्कृतिहरु लोपोन्मुख अवस्थामा पुगेका छन् ।

लोपोन्मुख अवस्थामा पुगेका पूर्वीय संस्कार, संस्कृतिहरुको संरक्षण गर्ने उद्देश्यले झापा अर्जुनधारा– १० का कोसलेस रिजालले आठौं शुभजन्मोत्सव भजन सन्ध्या र गजल गायन कार्यक्रम गरी मनाएका छन् । जन्मदिन मनाउने नाममा देखिएको विकृति अन्त्य गर्दै समाजमा सकरात्मक सन्देश दिने उद्देश्यले यस्तो कार्यक्रम गरिएको कोसलेसका बुबा जीवन रिजालले बताए ।

कार्यक्रममा रामजी ढुंगाना, दुर्गा ओली, महेश खतिवडा, मञ्जु रिजाल, भक्त विश्वास, रुद्र खतिवडा लगायतले भजन तथा गजल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं, अर्जुनधारा–१० का वडाध्यक्ष बलदेव गोम्देन लगायतले रिजालले गरेको कार्यको प्रशंसा गर्दै जन्मदिन, विवाह लगायतका कार्यक्रम फजुल खर्चरहित मनाउनुपर्नेमा जोड दिए । कार्यक्रमको सञ्चालन राष्ट्रिय संरक्षक युवामञ्चका कोषाध्यक्ष जीवन रिजालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here