चारपाने।
झापाको बिर्तामोडमा रहेको नेशनल लाइफ इन्स्योरेन्स शाखा कार्यालयले अभिकर्ता कार्यक्षमता तालिमको समापन साथै कम्पनीमा आवद्ध इन्स्योरेन्स अभिकर्ताहरुलाई सम्मान गरेको छ ।
बिर्तामोड शाखाका प्रमुख कोमलबहादुर बुढाथोकीको अध्यक्षता तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि भट्टराई विशेष अतिथि नेपाल पत्रकार महासंघका उपाध्यक्ष एकराज गिरी, अध्यक्ष बुढाथोकीले प्रमाण पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए । बिमा व्यवसायलाई माथी उठाउन सक्रिय र अनुशासित बनेर काम गर्ने २० जना उत्कृष्ट अभिकर्ता र तीन विधामा सर्वोकृष्ट अभिकर्तालाई सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा सञ्जाल कोड तर्फबाट उत्कृष्ट १० जनामा क्रमशः एक नम्बरमा दिपा ओली, शेखर शर्मा गुरागाँई, अनन्तराम ओली, आशा पोखरेल, वन्धुकुमार निरौला, तुलसीप्रसाद निरौला, कमल बास्तोला, विद्या गौतम, डिल्ली खरेल र १०औं नम्बरमा पर्न सफल तुलसी काफ्ले सम्मानित भएका थिए ।
त्यसैगरी व्यक्तिगत कोड तर्फबाट १० जनालाई सम्मान गरिएको थियो सम्मानित हुनेहरुमा प्रथम अनन्तराम ओली, कमल बास्तोला, डिल्ली खरेल, तुलसी काफ्ले, चन्द्रबहादुर कार्की, निर्मला पोखरेल, दिलीप खतिवडा, दीपा ओली, शेखर शर्मा गुरागाँई र प्रदिपकुमार पुरी रहेका थिए । व्यक्तिगत तर्फबाट प्रदेश नं. १ मै सर्वोकृष्ट बन्न सफल अनन्तराम ओली, दोस्रो कमल बास्तोला र सञ्जाल कोडबाट सर्वोकृष्ट प्रदेश नं. १ बाट पहिलो र देशभरिबाट छैठौं बन्न सफल दिपा ओलीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कुमार भट्टराईले विमा कम्पनी भनेको देशलाई आर्थिक सञ्चय गर्न सघाउने संस्था भएको र बिमाले हजारौं नागरिको आर्थिक, भौतिक सुरक्षा गर्दै आएको बताए । उनले यस्ता कम्पनीलाई राज्यले संरक्षण, सुरक्षा र स्वतन्त्र रुपमा काम गर्ने वातावरण तयार पारिदिनुपर्नेमा जोड दिएका थिए ।
त्यसैगरी विशेष अतिथि एकराज गिरी, दमक शाखा चिफ बिजनेस मेनेजर अर्जुन राई, वरिष्ठ अभिकर्ता चुडामणि सुवेदी, सम्मानित व्यक्तिका तर्फबाट दीपा ओली, अनन्तराम ओली लगायतले मन्तव्य राखेका थिए । बिर्तामोड शाखा प्रबन्धक कमलबहादुर बुढाथोकीले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत वरिष्ठ अभिकर्ता दिनेश पोखरेलले गरेका राखेका थिए ।
कार्यक्रममा गायक ह्यारी रुपाखेतीले पुराना गजल गाएका थिए भने सिद्धिका बरालले गीत प्रस्तुत गरेकी थिइन् । त्यसैगरी प्रनिशा घिमिरेले नृत्य प्रस्तुत गरेकीे थिइन् भने मेरो देश शीर्षकमा प्रभा उप्रेतीले कविता बाचन गरेकी थिइन् । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी स्वस्तिका आचार्यले गरेकी थिइन् ।