अर्जुनधारा।
नगरपालिका भित्रका विपन्नहरुलाई लक्षित गरि ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजले आइतबार कम्बल हस्तान्तरण गरेको छ ।
समाजका अध्यक्ष रामप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा ६० थान कम्बल वितरण गरिएको समाजका सचिव नरेन्द्र तिम्सिनाले जानकारी दिए ।
समाजका उपाध्यक्ष विष्णुकुमार शर्मा भट्टराईले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा अर्जुनधारा–८का वडाध्यक्ष गोपीचन्द्र गौतम, तुलाराम आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
समाजका वरिष्ठ उपाध्यक्ष लक्ष्मीप्रसाद इङनामले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव तिम्सिनाले गरेका थिए ।