साना मझौलाको अध्यक्षमा पुनः बस्नेत

0
676

बिर्तामोड।

बिर्तामोड–१ स्थित साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः देवी निरौला बस्नेत चयन भएकी छिन् ।

संस्थाको नवौं साधारणसभा तथा चौचो अधिवेशनले बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा रामलोचन न्यौपाने, सचिवमा चन्द्रकुमार भट्टराई, सहसचिवमा छविरमण अधिकारी, कोषाध्यक्षमा देवीप्रसाद अधिकारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा विक्रम मादेन, प्रेमबहादुर कार्की, अनिता मैनाली र टीकामाया भट्टराई रहेका छन् ।

त्यस्तै लेखा सुपरिवेक्षण समितिमा पुनः संयोजक श्यामबहादुर निरौला र सदस्यमा चन्द्रबहादुर बस्नेत र यशोदा बस्नेत चयन भएका छन् । संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष रामलोचन न्यौपानेले स्वागत गरेका थिए ।

कार्यक्रममा अध्यक्ष बस्नेतले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संस्थाले आर्थिक बर्ष २०७५÷०७६ सम्ममा शेयर पुँजी तीन करोड ७७ लाख ९१ हजार पाँच सय रुपैयाँ पुर्याउन सफल भएको छ । दुई हजार चार सय ८८ जना शेयर सदस्य रहेको संस्थाले यस बर्ष खुद नाफा २१ लाख ६० हजार आठ सय ८१ रुपैयाँ सात पैसा गर्न सफल भएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै संस्थाले निक्षेप संकलन नौ करोड तीन लाख ७६ हजार नौ सय ८८ रुपैयाँ, ऋण लगानी १३ करोड १२ लाख २७ हजार नौ सय ३९ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ। संस्थाले १८ करोड १० लाख ११ हजार आठ सय सात रुपैयाँ ४६ पैसा आम्दानी गरेको छ भने १५ करोड ९४ लाख नौ सय २६ रुपैयाँ ३९ पैसा खर्च गरेको छ ।

कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक श्याम निरौलाले लेखा समितिको प्रतिवेदन, संस्थाका कार्यकारी प्रमुख चन्द्रकुमार भट्टराईले आयव्ययसहितको बजेत प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश सदस्य बलराम कार्की, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकाल, बिर्तामोड नगरपालिका सहकारी प्रमुख डिल्लीप्रसाद दाहाल, नयाँ उज्यालो सहकारी संस्थाकी अध्यक्ष सुष्मा पौडेल भण्डारी, आकाशगंगा सहकारीका अध्यक्ष राजेन्द्र बस्नेत, स्वरोजगार भवानी सहकारीका अध्यक्ष केशव बस्नेत, राष्ट्रिय सहकारी बैंककी प्रबन्धक मुना घिमिरे, संस्थाका संस्थापक अध्यक्ष खड्गप्रसाद ओडारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थालाई शुरु अवस्थादेखि नै महत्वपूर्ण सहयोग गर्ने राजु बस्नेतलाई सम्मान गरिएको थियो । कार्यक्रममा बिर्तामोड नगरपालिकाका सदस्य द्रौपदी गणेश, मातृ भाग्यरेखा साकोसका अध्यक्ष खड्ग दाहाल, गोदावरी साकोसका उपाध्यक्ष रामबहादुर बस्नेत लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव तथा कार्यकारी प्रमुख चन्द्रकुमार भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here