बिर्तामोड कराते(पेज)को अध्यक्षमा बिपिन

२५ कार्तिक २०७६, सोमबार मा प्रकाशित

बिर्तामोड ।

सामाजिक सञ्जाल फेसवुकको माध्यमद्धारा संगठित कराते खेलाडीहरुको संस्था बिर्तामोड कराते(पेज) को अध्यक्षमा बिपिन प्रसाईं चयन भएका छन् ।

संस्थाको प्रथम अधिवेशनले प्रसाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । नवगठित समितिको वरिष्ठ उपाध्यक्ष मनिस कार्की , उपाध्यक्ष सन्जित मोहोली , सचिव सुदिप खवास र कोषाध्यक्षमा बिप्सा खरेल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा राम पाठक , आशिष राई , मदन भण्डारी , राजु सुब्बा , सुरज धिमाल , सपना राई , कृष्ण अग्रवाल , करुणा क्षेत्री रहेका छन् ।

सोही अधिवेशनले सल्लाहकार समिति समेत चयन गरेको छ । समितिको वरिष्ठ सल्लाहकारहरुमा मदनकुमार उप्रेती , कालू मेचे , सौरभ प्रधान र रहेका छन् । त्यस्तै सल्लाहकारहरुमा कृष्ण बस्नेत , बद्री बिष्ट , मिना पाठक ,सीता राई , सुबास मेचे , लोकचन्द्र (एलसी ) श्रेष्ठ रहेका छन् ।

विपिन प्रसाईंको अध्यक्षता तथा झापा जिल्ला टेक्निकल कमिटीका अध्यक्ष कृष्ण बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सौरभ प्रधानले स्वागत गरेका थिए ।

कार्यक्रममा मनिस कार्की , मिना पाठक, धिरेन ओझा, बद्री बिस्ट, आशिष राई , लोकचन्द्र (एलसी ) श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही कार्यक्रममा संस्थाको अफिसियल टी सर्ट सार्वजनिक गरिएको थियो भने केक काटेर वार्षिकोत्सव मनाइएको थियो । कार्यक्रमको सञ्चालन सुदिप खवासले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here