ओखलढुंगा।
ओखलढुंगाको लिखु गाउँपालिका–८ टारकेराबारी रेशम बिष्टले परम्परागत खेतीबाट लगानी पनि उठ्न छाडेपछि केराखेती गरेका छन् ।
बिष्टले धानखेती गर्दै आएको र केही बाँझो जग्गाको सदुपयोग गरी लिखु फाँटस्थित साठीबेसी खेतमा केराखेती गरेका हुन् । उनले यो गत वर्ष वर्षदेखी २० रोपनी बढी जग्गामा केराका बिरुवा रोपेका छन् । बिरुवा लगाएको सुरुको वर्ष नै उनले दुई हजार ५०० वटा बिरुवा लगाएकोे बताए । अहिले सुुरुवात मात्रै गरेको उनले बताए । विस्तारै जग्गा व्यवस्थापनसँंगै केराखेती विस्तार गर्ने सोच रहको उनको भनाई छ ।
लिखु गाउँपालिकामा व्यावसायिक खेतीलाई लक्ष्य गर्दै लिखु एग्रिकल्चर कम्पनीले नमुना कृषिफर्म पनि सुरु गरेको छ । धानखेती गरिँदै आए पनि खेताला नपाउने र उत्पादन घट्दै जाने समस्या भएपछि सोही खेतमा केरा लगाउन थालेको उनले बताए । काम गर्ने मजदुर नपाउँदा बिष्ट मात्रै होइन लिखु गाउँपालिकामा मात्रै दुईदर्जन बढी युवा व्यावसायिक खेतीमा लागेका छन् ।
धान रोप्न मात्रै दैनिक ५ देखि ७ हजारका श्रमिक लगाउनुपर्ने अवस्था रहेको आृखलढुंगाका बिद्यार्थी नेता शंकर तिमल्सेनाले बताए । यो वर्षदेखी आफुले पनि केरा खेती सुरु गरेकाो बताउँदै गोडमेल देखि भित्र्याउँदासम्म थुप्रै खर्च हुन्छ खर्च अनुसारको प्रतिफल छैन । त्यसैले आफु लगायताका किसान व्यावसायिक केराखेतीमा लागेको तिमल्सेनाले बताए ।
ओखलढुंगामा विशेषगरी वैैदेशिक रोजगारीबाट फर्केका युवा व्यावसायिक खेतीमा लागेका छन् । चम्पादेवी गाउँपालिका ७ को शेराको बेसी फाँटमा पाँच वर्षदेखि पुर्णबहादुर कार्कीले केरा खेती लगाएका छन् । केराबाट धान तथा मकैको भन्दा राम्रो आम्दानी भएको उनी बताउँछन्। कार्कीको बारीमा वर्षिक २० हजारको धान तथा मकै फल्थ्यो। अहिले उनले वार्षिक दुईदेखि तीन लाख रुपैयाँ आम्दानी गर्छन् । सात रोपनी खेतमा उनले स्थानीय केरा लगाएका छन भने दुईवटा पोखरीमा माछा समेत पालेका छन् ।