मेचीनगर,
झापाको विर्तामोडमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा पर्याप्त स्रोत साधन र जनशक्ति अभावमा दैनिक कार्य सम्पादनमा समस्या भएको छ । यद्यपि सिमित स्रोत साधन र जनशक्तिका बाबजुद पनि इकाई निक्कै उपलब्धिमुलक परिणाम हात पारेको प्रयोगशालाले जनाएको छ ।
बुधबार काँकरभिट्टामा खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयले सरोकारवालाहरुसँग गरेको एसपीएस सम्बन्धि समन्वय तथा अन्तरक्रियामा सहभागी सरोकार निकायका अधिकारीहरुले यस्तो बताएका हुन् । प्रयोगशालाका प्राविधिक सहायक अञ्जु अचार्यका अनुसार मेची भन्सार, भद्रपुर भन्सार, विराटनगर भन्सार तथा सुनसरीको भण्टावारी भन्सार नाकाबाट विषादी परिक्षणकालागि खाद्य वस्तुश्को नमुना संकलन हुने गरेका छ ।
कार्यालयमा नेपाल सरकारबकातर्फबाट २ जना काजमा तथा विर्तामोड नगरपालिकाबाट २ दुईगरी चारजना कर्मचारी रहेका छन् । सिमित जनशक्ति तथा स्रोत साधनका बाबजुद पनि प्रयोगशालाले चालु आर्थिक वर्ष २०७६÷२०७७ को कात्तिक २६ गतेसम्म ४ हजार ७ सय ८५ खाद्य वस्तुको नमुना संकलन गरी परीक्षण गरेको आचार्यको भनाई छ । कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत सुधाकरप्रसाद सिहंले विश्व व्यापार संगठन र एसपिएस सम्झौता विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
विश्व व्यापार संगठनको सदस्यहरुबीच वस्तुहरुको आयात निर्यात गर्दा कुनै वैज्ञानिक आधार विना रोक लगाउन नपाइने , तर राष्ट्रले आ−आफ्नो राष्ट्रिय मापदण्डहरु तयार गरी लागु गर्न सक्ने र निर्यात गर्ने देशले सो मापदण्ड पुरा गरेर पठाउन मिल्ने कार्यपत्रमा उल्लेख छ ।
विश्वभरमा हुने सम्पूर्ण अन्तराष्ट्रिय व्यापार सम्बन्धि नियमहरुलाई पारदर्शी बनाउने सदस्य राष्ट्रहरुको आवश्यकता मजबुत पार्ने, व्यापार, लगानी, रोजगारी र आय वृद्घि गर्ने, वस्तु र सेवाको उत्पादन र व्यापारलाई सहयोग गर्ने एवम् विकासोन्मुख देशहरुको दिगो विकासमा सघाउ पु¥याउने आदि उद्धेश्यले सन् १९८५ मा विश्व व्यापार संगठनको स्थापना भएको सिहंले बताउनुभयो । शुरुको अवस्थामा यसमा १ सय २८ वटा देशहरु र युरोपियन युनियन संलग्न रहेका थिए भने नेपालले सन् २००४ अप्रिल २३ मा विश्व व्यापार संगठनको १ सय ४७ औ सदस्य राष्ट्रको रुपमा सदस्यता प्राप्त गरेको र हाल सम्म यसमा १ सय ६० सदस्यहरु रहेको प्रस्तुत कार्यपत्रमा उल्लेख छ ।
क्वारेन्टाइन प्रक्रियामा एसपिएसको महत्वका बारेमा चर्चा गर्दै सिहंले निर्यातित वस्तुहरुको लागि आवश्यकता अनुसार विरुवा स्वास्थ्यको प्रमाण पत्र वा पशु स्वास्थ्य प्रमाण पत्र वा खाद्य गुणस्तर विश्लेषण प्रतिवेदन प्रदान, आयातित वस्तुहरुको लागि तोकिएको प्रवेश अनुमति पत्रको आधारमा, निर्यातित वस्तुहरुको निर्यात गर्ने देशको स्वस्थ्यता प्रमाण पत्रको आधारमा तथा वस्तुको निरीक्षण गरिएको आधारमा प्रतिवेदन प्रदान, साथै स्वस्थ्यताको प्रमाण पत्र तथा प्रतिवेदन प्रदान गर्नु पूर्व आवश्यकता अनुसार प्रयोगशाला वा अन्य परीक्षण गर्ने जानकारी दिनुभयो । एसपिएसको मापदण्ड, नियन्त्रण, निरीक्षण स्वीकृत प्रक्रिया, एसपिएस समबनिध केही ध्यानाकर्षण लगायतका विषयमा समेत अनुसन्धान अधिकृत सिहंले प्रष्ट पार्नुभयो ।
आयातकर्ता सदस्यले उचित मात्रामा मिश्रणहरुको प्रयोग भएको छ कि छैन, खाद्यपदार्थ असुरक्षित छ कि छैन, कुन उत्पादनहरु स्वीकार योग्य छैनन् र आफ्नो घरेलु बजारमा विक्री वितरणको लागि रोक लगाउनु पर्दछ भन्ने कुरामा ध्यान दिने र निर्यातकर्ता सदस्यबारे आफुले एसपिएस मापदण्ड पुरा गरेको छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्ने सहभागी विज्ञहरुको भनाई थियो ।
कार्यालयका खाद्य निरीषक दिनेश ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालयका प्रमुख मुकेशकुमार सिहं, प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका वरिष्ठ बाली विशेष हर्षहाङ्ग राई, मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्या्हाङ्गलगायतले सिहंले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो ।