१० हजारमा बेचिएकी बालिकालाई सुई हानेर युवती बनाइयो

0
534

काठमाडौं ।

एक बालिकालाई १० हजार भारुमा बेचेर सुई हानेर युवती बनाई भारतीय कोठीमा काम लगाइएको खुल्न आएको छ।

सो कार्यमा संलग्न भएको आरोपमा प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले नुवाकोटको सूर्यगढी गाउँपालिका–६ की ५० वर्षीया सुनिता तामाङ भन्ने कृष्णमाया लामालाई पक्राउ गरेको छ।

यस कार्यमा संलग्न सोही ठाउँका ४२ वर्षीय शेरबहादुर लामा भने फरार छन्। उनीहरुले २०६८ माघमा आर्थिक अवस्था कमजोर भएकी उक बालिकालाईृ काठमाडौंमा होटलमा काम लगाइदिने भनेर गाउँबाट काठमाडौं ल्याएका थिए।

केही समय होटलमा काम गरेपछि त्यहाँबाट छुटाएरु घर जाउँ भन्दै वान्ता अनाउने औषधी भनेर लट्टयाउने औषधी खुवाएर बेहास बनाएका थिए । बेहोस बनाएको अवस्थामा बालिकालाई भारत पु¥याइएको थियो।

त्यसपछि भारतमा कोठी सञ्चालन गर्दै आएका लक्ष्मी र हेमालाई उनीहरुले १० हजार भारुमा ती बालिका बेचेका थिए। ती १५ वर्षीया बालिकालाई कोठी सञ्चालकहरुले करिब एक महनिा कोठमा राखेर छिट्टै युवती बनाउन प्रयोग गर्ने सई र औषधी खुवाएर एक महिनामै युवती बनाएकोअनुसन्धानमा खुलेको छ।

युवती भएपछि ती बालिकालाई भारतको नयाँदिल्लीस्थित कोठी नम्बर ५११ मा दुई बर्ष , कोठी नम्बर ६४ मा दुई बर्ष र कोठी नं। ४० मा १५ दिन राखि यौनधन्दामा लगाइउको थियो। सोही क्रममा एक नेपाली ग्राहकलाई आफ्नो पीडा सुनाई आफूलाई उक्त नारकीय जीवनबाट मुक्त गराउन ती बालिकाले अनुरोध गरेकी थिइन्।

ती नेपाली ग्राहकले कोठी संचालकसँग पटक पटकको अनुरोध पश्चात पुन फिर्ता लगिदिने सर्त बमोजिम कोठीबाट बाहिर मजनुकाटिल्ला भन्ने ठाउँमा लगेर ति बालिकालाई छोडिदिउका थिए।

त्यसपछि नेपाल फर्किएकी उनलाई माईती नेपाल शाखा कार्यालय नेपालगञ्जले नेपाल भारत नाकाबाट उद्दार गरी माईती नेपाल केन्द्रिय कार्यालय काठमान्डौमा ल्याई ब्युरोलाई बुझाएको थियो।

यसरी उद्दार गरेर नेपाल फर्किन सफल भएकी ति युवतीले दिएको सूचनाको आधारमा प्रहरीले कृष्णमायालाई कात्तिक २० गते बुढानिलकण्ठबाट पक्राउ गरेको हो।-नेपाल लाइभबाट साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here