‘गणतन्त्रात्मक हिन्दू राष्ट्रको पक्षमा लागौं’

0
401

झापा।

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री रामचन्द्र पौडेलले सनातन धर्म संस्कृतिले मानिसलाई अन्तरआत्माको आनन्द प्रदान गर्ने बताएका छन् ।

झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा रहेको विवेकाश्रम तथा सांङ्गवेद संस्कृत माविमा बुधवार आयोजित धार्मिक भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै उनले अन्तरआत्माको ज्ञानबाट मात्रै सार्थक समृद्धिको यात्रा प्रारम्भ हुने बताए ।

धर्म, संस्कार संस्कृति र परम्पराको संरक्षणमा विवेकाश्रमले महत्वपूर्ण योगदान पु¥याएको पौडेलको भनाइ छ ।
विवेकाश्रम तथा साङ्गवेद संस्कृत माविका अध्यक्ष व्यासाचार्य किशोरकुमार गौतमले हिन्दू अधिराज्य भनेर अल्मलिरहनु भन्दा नेपाली कांग्रेसले गणतन्त्रात्मक हिन्दू राष्ट्रको पक्षमा आफूलाई खरो रुपमा प्रस्तुत गरेर सनातन धर्मको रक्षामा लाग्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, पार्टी प्रचार विभाग प्रमुख कृष्ण हुँमागाई, महासमिति सदस्यहरु सीता पौडेल, अनिलकृष्ण प्रसाई, प्रदेश ख का अध्यक्ष धर्म लक्सम्वा, लगायतले सनातन धर्मको रक्षामा सबै लाग्नुपर्ने सुझाव राखेका थिए । आश्रमका सचिव भरत भट्टराईले कार्यक्रमको सञ्चालन गरेका थिए ।

त्यसैगरी नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले वुधवार दमक– ६ र ७ को संगमस्थलमा पुगेर केही महिना अघि अनावरण गरिएको कविशिरोमणि लेखनाथ पौड्यालको शालिकमा फूलमाला अर्पण गरेका थिए ।

उनले दमक–७ मा निर्माणाधीन पौड्याल वंशोद्धार केन्द्रीय समितिको भवन समेत निरीक्षण गरे । सो क्रममा नेता पौडेलले हरेक जाति वंशको तथ्याङ्क संकलन र अनुसन्धानले इतिहासको खोजी र संरक्षण गर्न महत्वपूर्ण सहयोग पु¥याउने बिचार व्यक्त गरे ।

नेता पौडेललाई दमक प्रवेशको क्रममा मावा पूलमा नेपाली कांग्रेसका सभापति उद्धव थापा, झापा क्षेत्र नं. ५का सभापति ढुण्डीराज भण्डारीसहित पार्टी नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए । आज विहीवार बिर्तामोडमा हुने पार्टीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी झापा आइपुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here