द भ्वाइस अफ नेपालमा झापाका तीन प्रतियोगी

२८ कार्तिक २०७६, बिहीबार मा प्रकाशित

बिर्तामोड।

गायन प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन २’ को टप १२ मा झापाका तीन जना प्रतियोगी पर्न सफल भएका छन् ।

झापा बिर्तामोडका राम लिम्बू, गौरादहका बलबहादुर राजवंशी र अर्जुनधाराका विकास लिम्बू आफूलाई अब्बल सावित गर्दै लाईभ राउण्डको टप १२ मा पर्न सफल भएका हुन् । लाइभ राउण्ड अर्थात् भोटिङमा पुगेपछि झापाका यी तिन प्रतिस्पर्धीहरु आफ्नो राम्रो प्रस्तुति दिएर दर्शकको भोट आफुतिर तान्ने कसरत गरिरहेका छन् भने कोचहरु पनि आफ्नो टीमले ताज जितोस् भन्ने होडबाजीमा छन् । उनीहरुलाई प्रतियोगितामा विजयी बनाउन झापामा भोट गरिदिनको लागि अभियान नै सञ्चालन गरिएको छ ।

यसैबीच झापा बिर्तामोडका राम लिम्बूलाई प्रतियोगितामा विजयी बनाउन राम लिम्बू जिताऔं अभियान सञ्चालन गरिएको छ । कोच प्रमोद खरेलको समूहमा परेका उनी आफ्नो लोभलाग्दो गायन कलाले दर्शकको मन जित्दै टप १२ सम्म पर्न सफल भएका हुन् । विगत पाँच बर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय नेपालीसीयन ब्याण्डका भोकलिस्ट समेत रहेका उनी पूर्वबाट रियालिटी सोहरुमा सफलता पाउन नसकिरहेका अवस्थामा आफूले दर्शकको भरपुर साथ सहयोग पाउनेमा ढुक्क छन् ।

रामलाई जिताउनका लागि आशिष बुढाथोकीको संयोजकत्वमा राम लिम्बू जिताऔं अभियान समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा अनिष सुवेदी, सचिवमा बाप्पा साह, कोषाध्यक्षमा सुमन गुरुङ रहेका छन् । त्यस्तै सदस्यहरुमा आकाश उप्रेती, भरत राई, बेनु गुरुङ, रमेश गुरुङ, सुमन खत्री, इशान ओली, प्रविन गुरुङ रहेका छन् । त्यसैगरी सल्लाहकारमा प्रकाश लिङ्देन, आशिष बन, मनोज बुढाथोकी, समिर राई, कैलास प्रसाई लगायत रहेका छन् ।

रामलाई भोटिङका लागि धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोड, भद्रपुर, इलाम, पाँचथर, ताप्लेजुङ लगायतका स्थानमा प्रचार–प्रसार तीव्र पारिएको अभियान अभियान संयोजक आशिष बुढाथोकीले जानकारी दिए । उनलाई भोट गर्नका लागि म्यासेज बक्समा गएर ०८ टाइप गरी नेपालबाट ३७००० नम्बरमा एसएमएस पठाउनु पर्नेछ । त्यस्तै कतारबाट भोट गर्दा म्यासेज बक्समा ०८ टाइप गरी ९२३०० नम्बरमा एसएमएस पठाउनु पर्नेछ । त्यसैगरी इण्डियाबाट भोट गर्नलाई म्यासेजमा ०८ टाइप गरी ५३०१० मा एसएमएस पठाउनु पर्नेछ भने प्रभु पे एप्स डाउनलोड गरी अनलाइनबाट पनि बिश्वभरबाट भोट गर्न सकिने छ ।

त्यस्तै झापा गौरादहका गायक बलबहादुर राजवंशी लाइभ राउण्डमा प्रवेश गरेका छन् । कोच प्रमोद खरेलको समूहमा परेका उनी आफूले प्रतियोगिता जित्ने दाबी गर्छन् ।

गायक बलबहादुरलाई विजयी बनाउन कोचिला गाभुर फ्रन्टले भोटिङ अभियान सञ्चालन गरेको छ । कोचिला गाभुर फ्रन्टले झापाका १५ वटै स्थानीय तहसहित २२ वटा उपसमितिले आ–आफ्नो क्षेत्रबाट प्रचारप्रसार गर्दै भोटिङ गर्न अभियान सञ्चालन गरिएको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए ।

गायक बलबहादुरलाई विजयी बनाउन नेपालबाट म्यासेज बक्स गएर ०३ टाइप गरी ३७००० नम्बरमा एसएमएस पठाउनु पर्नेछ । त्यस्तै कतारबाट भोट गर्दा म्यासेज बक्समा ०३ टाईप गरि ९२३०० नम्बरमा एसएमएस पठाउनु पर्नेछ । त्यसैगरी इण्डियाबाट भोट गर्नलाई म्यासेजमा ०३ टाइप गरी ५३०१० मा एसएमएस पठाउनु पर्नेछ भने प्रभु पे एप्स डाउनलोड गरि अनलाइनबाट पनि बिश्वभरबाट भोट गर्न सकिने छ ।

त्यस्तै अर्जुनधाराका विकास लिम्बू टप १२ अर्थात् भोटिङमा पर्न सफल भएका छन् । कोच दीपले विकासलाई लाईभ अथवा भोटिङ राउण्डमा लाने निर्णय गरेपछि विकासले लाइभ राउण्डमा पनि आफ्नो दमदार प्रस्तुति दिइसकेका छन् । आफ्नो प्रस्तुतिले गर्दा उनी प्रतियोगिता जित्ने दाबी गर्छन् । अहिले उनी भोटिङ राउण्डमा पुगेपछि सम्पूर्ण दर्शकमाझ भोट गरिदिनको लागि उनले अपिल गरेका छन् । उनलाई भोट गर्नको लागि मोबाइलको मेसेज बक्समा गएर ०४ टाइप गरी नेपालबाट ३७००० नम्बरमा एसएमएस पठाउनु पर्नेछ ।

बिदेशबाट पनि एसएमएस मार्फत भोट गर्न सकिने छ । जस अन्तर्गत कतारबाट भोट गर्दा म्यासेज बक्समा ०४ टाइप गरि ९२३०० नम्बरमा एसएमएस पठाउनु पर्नेछ । त्यसैगरी इण्डियाबाट भोट गर्नलाई म्यासेजमा ०४ टाइप गरी ५३०१० मा एसएमएस पठाउनु पर्नेछ भने प्रभु पे एप्स डाउनलोड गरी अनलाइनबाट पनि बिश्वभरबाट भोट गर्न सकिने छ । कार्यक्रम हिमालयन टेलिभिजनबाट शुक्रबार र शनिबार प्रशारण हुँदै आइरहेको छ । गत शुक्रबारबाट शुरु भएको भोटिङ आगामी शुक्रबार बेलुकासम्म मात्र रहनेछ । प्रस्तुतिः तुलसीप्रसाद निरौला

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here