विद्यार्थीलाई सूचनाको हक सम्वन्धि प्रशिक्षण

0
673

बिर्तामोड, 

वाह्रदशी गाउँपालिका – ७ डाँगीवारीमा रहेको गौरीशंकर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सूचनाको हक सम्वन्धि एक दिवसीय प्रशिक्षण सम्पन्न भएको छ ।
आरटीआई नेपालको आयोजना र विद्यालयको समन्वयमा कक्षा ११ र १२ अध्ययन गर्दै गरेका विद्यार्थीलाई सूचनाको हक सम्वन्धि ऐन २०६४का विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशीको प्रमुख आतिथ्य र आरटीआई नेपालका झापा प्रतिनिधि सुरेन्द्र भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष राजवंशीले सूचनाको हकका विषयमा अझैंपनि धेरैलाई जानकारी नभएको अवस्थामा विद्यार्थीलाई सूचनाको हकका विषयमा प्रशिक्षण प्रदान गरेर सह्रानीय कार्य गरेको धारणा राख्नुभयो । अहिले हरेक नागरिक सूसुचित हुन जरुरी छ उपाध्यक्ष राजवंशीले भन्नुभयो –‘ गाउँपालिकाले गर्ने काम विद्यालयको सहकार्यमा भएको छ यो अत्यान्त राम्रो कार्य हो , विद्यार्थीलााई कितावी ज्ञानको अतिरिक्त यस्ता ज्ञानवर्दक जानकारी गराए उनीहरुको चौतर्फी बिकास हुन्छ ।’


विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवालले गलत कुराको सुधारका लागि आरटीआई नेपालले गरेको सकारात्मक कार्यको प्रशंसा गर्दै विद्यालय स्तरबाटै यस विषयमा जानकारी दिनु सान्र्दभिक रहेको बताउनुभयो । उहाँले गलत कुरा कँहीपनि ग्राह्रय नहुने धारणा राख्दै गलत कुरा न आफूमा ग्रह्रय हुन्छ, न अरुमा , न संस्थामा ग्राह्रय हुन्छ न सरकारमा नै भन्दै आरटीआई नेपालले गरेको कामको प्रशंसा गर्नुभयो ।
आरटीआई नेपालले तयार गरेको एपको विषयमा जानकारी दिँदै प्रशिक्षक नरेन्द्र ढकालले यो एपको प्रयोगले सूचना कसरी माग्न, कस्ता कस्ता सूचना माग्न सकिन्छ र सूचना नदिएमा के हुन्छ भन्ने विषयमा जानकारी दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा पत्रकार सुरेन्द्र भण्डारीले सूचनाको हक २०६४ मा भएको व्यवस्था र आरटीआई नेपालले तयार गरेको एपको विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा वाह्रदशी गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष मित्रराज भट्टराई, विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेशकुमार झा, विद्यालयका शिक्षकहरुको समेत सहभागीता रहेको थियो । काार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक नेत्र पौडेलले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here