१६ लाख राजश्व सङ्कलन

0
429

खलङ्गा,

जुम्लाको चन्दननाथ नगरपालिकाले चालू आर्थिक वर्षको चार महिनामा रु १६ लाख ६१ हजार ५७१ राजश्व सङ्कलन गरेको छ ।

नगरपालिकाले साउनदेखि कात्तिकको अन्तिमसम्म विभिन्न शीर्षकमा राजश्व उठाएको राजश्व फाँटका प्रमुख कमल भण्डारीले बताउनुभयो ।

कृषि समूह नवीकरणबाट दुई हजार ५००, फ्रेस हाउस नवीकरणबाट ५००, अन्य दस्तुरमा सात लाख ५९ हजार २००, पार्किङ महसुलतर्फ १७ हजार २५०, मूल्याङ्कन दस्तुरमा ३७०, सिफारिस दस्तुर तीन हजार ८००, (घ) वर्ग इजाजतपत्र नवीकरणतर्फ रु एक लाख ७६ हजार, घर करमा रु दुई लाख ७३ हजार ५०० राजश्व सङ्कलन भएको छ ।

घर बहाल कर ८३ हजार ४०३, संस्था नवीकरण ३७ हजार ५००, टहरा भाडा ११ हजार ६२४, डोजरबाट ५६ हजार ४४९, जग्गाको मालपोत रु एक लाख ४० हजार ४९९, बिक्री कर चार हजार ३००, इजाजतपत्र दर्ता छ हजार, संस्था दर्तातर्फ १० हजार, चार किल्ला सिफारिस प्रमाणितमा एक हजार र स्याउ ढुवानी सिफारिसबाट रु ९७ हजार ६७५ राजश्व उठेको छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा रु ५४ लाख ९७ हजार राजश्व सङ्कलन भएको भण्डारीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here