स्थानीयको सक्रियतामा सडक मर्मत

0
816

बिर्तामोड,
वाह्रदशी गाउँपालिकामा स्थानीयको सक्रियतामा दुई किलोमिटर सडक मर्मत गरिएको छ ।
गाउँपालिकाको वडा नम्वर – ५ मा पर्ने चारपाने– राजगढ सडक खण्डको मेचे चौक आसपासमा दुई किलोमिटर सडक मर्मत भएको हो । लामो समयदेखि सडक बिग्रिएको र गाउँपालिकाले समेत सडक मर्मतमा चासो नदेखाएको भन्दै स्थानीयको सक्रियतामा सडक मर्मत भएको बताइएको छ ।
राप्रपा पार्टीमा आवद्ध युवाले सडक मर्मत गरेको र सवारी सञ्चालनमा सहज पु¥याएको बताइएको छ । सडक मर्मत कार्यमा अर्जुन कार्कीको सवारी, उज्जवल कटुवाल, राजु मेचे, दुर्गा अधिकारी दिलुकुमार लिम्बू, महेश केरुङको सक्रियतामा सडक निर्माण गरिएको हो । जीवन पनेरुको अगुवाइमा सडक मर्मत भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here