कर प्रमुख आचार्यको विदाई

२९ कार्तिक २०७६, शुक्रबार मा प्रकाशित

बिर्तामोड ।

नेपाल उद्यमशील महिला संघ झापाले एक कार्यक्रमका बीच आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्र्रमुख बोलराज आचार्यलाई सम्मानसहित विदाइ गरेको छ ।

दुई वर्षभन्दा बढी आन्तरिक राजश्व कार्यालय भद्रपुरको प्रमुख भएर कार्य गरी आन्तरिक राजश्व विभाग काठमाडौंमा सरुवा भएका कर प्रमुख बोलराज आचार्यलाई आगामी कार्यकालको शुभकामना दिँदै सम्मानसहित विदाइ गरिएको नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमलीले बताइन् ।

नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षता तथा आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख बोलराज आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघकी सदस्य भीमा शिवाकोटीले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्र्रमुख आचार्यलाई सम्मानपत्र, मायाको चिनो र फूल गुच्छाले सम्मानसहित विदाइ गरिएको थियो । कार्यक्रममा करप्रमुख आचार्यले झापा बसाई सुखद् रहेको बताउँदै महिला उद्योगी–व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालन गर्दा निब्र्याजी ऋण उपलब्ध गराउन पहल गर्ने बताएका थिए ।

कार्यक्रममा चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमली, संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, उपाध्यक्ष दिपेन्द्र राउत, महासचिव प्रदीप खरेल, सदस्य विष्णु आचार्य, महिला चेम्बरकी झापा अध्यक्ष प्रेमा भट्टराई, महिला चेम्बर बिर्तामोडकी अध्यक्ष संगीता चिमरिया लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल उद्यमशील महिला संघ झापाकी महासचिव सावित्रा दाहालले गरेकी थिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here