बालविकास शिक्षक संगठित

0
875

बिर्तामोड।

नेपाल बालबिकास शिक्षक जिल्ला कार्यसमिति झापाको अध्यक्षमा देवीमाया बस्नेत नेपाल चयन भएकी छिन् ।

झापाका बालबिकास शिक्षकहरुको संगठन नेपाल बालबिकास शिक्षक जिल्ला कार्यसमिति झापाको प्रथम अधिवेशनले नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्ष लक्ष्मी नेपाल, सचिव कल्पना खड्का, सहसचिव कमला लम्साल, कोषाध्यक्ष कमला बस्नेत रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा निर्मला थपलिया, गीता पौड्याल, कञ्चन लुइँटेल, भावना अधिकारी, रञ्जु बस्नेत, अम्बिका कार्की, चन्द्रा तामाङ, गीता खड्का, हिमा घिमिरे, बिना राजवंशी रहेका छन् । संस्थाकी अध्यक्ष निर्मला थपलियाको अध्यक्षता तथा नेपाल शिक्षक महासंघ झापा अध्यक्ष बुद्धीमान कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी वरिष्ठ उपाध्यक्ष देवीमाया बस्नेत नेपालले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा हल्दिवारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देन, नेपाल राहत शिक्षक संघका अध्यक्ष रवीन मैनाली, स्थानीय महासंघ कनकाईका अध्यक्ष शारदा खतिवडा लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव कल्पना खड्काले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here