ढकाललाई महेश कार्की स्मृती माईभ्याली पत्रकारिता पुरस्कार

२९ कार्तिक २०७६, शुक्रबार मा प्रकाशित

इलाम ।

स्व महेश कार्की स्मृती माईभ्याली पत्रकारिता पुरस्कार नमीन ढकाललाई प्रदान गरिएको छ ।

पत्रकारिताको क्षेत्रबाट इलामको फुटबल खेललाई प्रर्वद्धन गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै माईभ्याली फुटबल क्लबले नगद १५ हजार सहित सम्मान गरेको हो । ढकाललाई क्लबको चौथो बार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनको अवसरमा पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

जिल्ला समन्वय समितीको सभाहलमा भएको कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले नगद १५ हजार सहित सम्मानपत्र प्रदान गरे । ढकाल विभिन्न संचारमाध्यममा कार्यरत रहेका छन ।

क्लबका सदस्य महेश कार्कीको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको स्मृतीमा २०७३ सालबाट इलाम जिल्लामा रहेर खेलकुद पत्रकारितामा योगदान गर्ने एक जना पत्रकारलाई प्रदान गरिँदै आएको छ ।

माईभ्याली फुटबल क्लबले हरेक बर्ष आयोजना गर्ने माईभ्याली गोल्डकपको अवसर प्रदान गरिदै आएको पुरस्कार पहिलो पटक अधिवेशनका क्रममा प्रदान गरिएको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here