पशुपालक कृषकहरुलाई लक्षित गरि परजिवी नियन्त्रण कार्यक्रम

0
1250

अर्जुनधारा ।

वडामा रहेका पशुपालक कृषकहरुलाई लक्षित गरि अर्जुनधारा–१० वडा समितिको आयोजनामा चालु आर्थिक वर्ष ०७६÷०७७को पशु परजिवी नियन्त्रण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

नगर पशुपन्छी, मत्स्य विकास शाखाको प्राविद्यिक सहयोगमा वडाका आनन्द नगर टोल, मेडिकल चोक, शिव पाञ्चायन मन्दिर परिसर, सट्टाभर्नास्थित मुक्ति चोक र सिमल चोकमा सञ्चालन गरिएको उक्त कार्यक्रमको उद्घाटन वडाध्यक्ष बलदेवसिंह गोम्देनले स्थानीय भीम बस्नेतको गाईलाई औषधी खुवाउँदै गरेका थिए ।

प्राविद्यिकहरुको प्रत्यक्ष निगरानीमा औषधीको सही मात्रा खुवाइने हुँदा कृषकहरुको लागि सो कार्यक्रम फलदायी हुने नगर पशुपन्छी, मत्स्य विकास शाखाका प्रमुख पदमलाल राईले बताए । उक्त कार्यक्रमको लागि वडाको बजेटबाट एक लाख ७५ हजार रपैयाँ विनियोजन भएको वडा सदस्य भोला गौतमले बताए ।

कार्यक्रममा ३८९ जना कृषकका ११०७ वटा बाख्रा, ४८९ वटा गाई, १०९ वटा बंगुर, १०२ वटा भैंसी, २१ वटा गोरु, ५ वटा कुकुरसहित जम्मा १८३३ वटा पशुलाई जुका, नाम्ले, किर्नालगायतको औषधी खुवाइएको तथा वितरण गरिएकोे वडा सचिव कृष्ण नेपालले जानकारी दिए ।

वडाध्यक्ष गोम्देनको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्यहरु सकुन्तला बराल, फिपराज कुरुम्वाङ र सीता परियार, जनक चौलागाईंलगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव नेपालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here