घरको पर्खालले किचेर एकको मृत्यु

0
379

हेटौंडा,

मकवानपुरको बकैया गाउँपालिका–३ जलजलेमा घर भत्काउने क्रममा पर्खालले किचेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय शान्ती लामाको घर भत्काउने क्रममा बकैया–३ चिसापानीका २७ वर्षीय बुद्ध लामा मोक्तानको मृत्यु भएको हो ।

घर भत्काउने क्रममा खटिएका मोक्तान पर्खालले किचेपछि घाइते भएका थिए । हात्तीसुँडे स्वास्थ्यचौकी लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here