अहमदिया संघद्धारा निःशुल्क स्वास्थ्य शिविर

0
836

विर्तामोड ।

अहमदिया संघ नेपालको आयोजनामा झापाको गरामनीमा एक दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बिर्तामोड ७ गरामनी खालवाडीमा भएको शिविरमा भारतको पंजाबबाट आएका डाक्टर महम्मद बदर अहमद साहेबले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

त्यस्तै अहमदिया संघ नेपालका झापा इञ्चार्ज नासीर अहमद, इटहरी इञ्चार्ज अशोक कठात , कर्मचारीहरु महम्मद सरीफूल, वसिर आलम,सज्जात अन्सारीलगायतले शिविरमा सहयोग पुर्याएका थिए ।

शिविरमा सहभागि पाँच सय भन्दा बढिको गठियावाद , बवासिर , पत्थरी , चर्मरोग , पाइल्स ,हातखुट्टा झमझमाउने, लगायतका बिभिन्न रोगहरूको जाँच गर्नुका साथै बिभिन्न रोगहरूको होमियोप्याथी औषधि निःशुल्क वितरण गरिएको थियो ।

अहमदिया संघ नेपालले काठमाडौ वीरगञ्ज , लगायतका जिल्लाहरुमा प्रत्येक बर्ष यस्ता किसिमका शिबिरहरु सञ्चालन गर्दै आएको अहमदिया संघ नेपालका झापा इञ्चार्ज नासीर अहमदले बताए । उनले संस्थाले शिक्षा , स्बास्थ्य , प्राकृतिक बिपत्ति लगायतका विविध कार्य गर्दै आएको उनले बताए ।

संस्थाको केन्द्रीय कार्यालय पन्जाब, भारतमा रहेको र नेपाल लगायत बिश्वका धेरै देशहरुमा पनि कार्यालय रहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here