झापा ।
जिल्ला मोरङ र सुनसरीमा शुक्रवार करेन्ट लागेर दुई बालकको मृत्यु भएको छ ।
मोरङ सुन्दरहरैचा नगरपालिका ५ सुनौली चोक बस्ने विकास मगरको ८ वर्षीय छोरा रोहण मगर घर नजिकै रहेको बुढी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । त्यसै गरी सुनसरीको बर्जु गाउँपालिका ३ अमडुवा दुर्गा टोल बस्ने रञ्जित रायको ९ वर्षीय छोरा आँचल रायले आफ्नै घरको बरन्डामा सुकाएको कपडा झिक्दा अचानक नाङ्गो तारले हातमा करेन्ट लागि घाइते भई बेहोस भएका थिए ।
उनलाई उपचारको लागी विराटनगर तर्फ लादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।






























