धार्मिक पहिचान जोगाउन स्तम्भ निर्माण

0
940

विर्तामोड ।

पछिल्लो समय पाश्चात्य संस्कृतिको प्रभावले पूर्विय धर्म संस्कृति लोप हुँदै गएको छ । जसले गर्दा समाज विकृतिउन्मुख हुँदैछ ।

पूर्विय धर्म संस्कृति लोप हुँदै जानथाले पछि त्यसको संरक्षण एवम् सम्र्वद्धन गर्न राष्ट्रियता संरक्षण युवा मञ्च अर्जुनधाराका युवा जुटेका छन् ।

झापाको अर्जुनधारामा रहेका पहिचानविहीन भएका पुराना स्थानहरुलाई पहिचान दिएर धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न राष्ट्रियता संरक्षण युवा मञ्च जुटेको बताउँछन् राष्ट्रियता संरक्षण युवा मञ्चका कोषाध्यक्ष जीवन रिजाल ।

राष्ट्रियता संरक्षण युवा मञ्चका युवाको सक्रियतामा अर्जुनधारा ९ , १० र ११ को सिमानामा रहेको बुद्धचोकमा बुद्ध स्तम्भ निर्माण गरेको संस्थाले अर्जुनधारा ९ ,१० र ११ लाई जोड्ने चोकमा शिव स्तम्भ को निर्माण गरेको उनले बताए ।

पूर्विय धर्म संस्कृतिको माध्यमद्वारा समाजमा धार्मिक सहिष्णुता कायम राख्न राष्ट्रियता संरक्षण युवा मञ्चका युवाको सक्रियतामा बुद्धचोकमा बुद्ध स्तम्भ र विहिवारे बजारको चोकमा शिव स्तम्भको निर्माण गरिएको उनले बताए ।
राष्ट्रियता संरक्षण युवा मञ्चमा आवद्ध युवाले बुद्ध स्तम्भ र शिव स्तम्भको निर्माण गर्न सक्रियता देखाएसंगै स्थानीयवासीले समेत स्वतःस्फुर्तरुपमा सहयोग गरेको र एक लाख १० हजार रुपैयाँको लागतमा दुवै स्तम्भ निर्माण गरिएकोे उनले बताए ।

यसैवीच राष्ट्रियता संरक्षण युवा मञ्चले विहिवारे बजारको चोकमा निर्माण गरेको शिव स्तम्भको एक कार्यक्रमका वीच अनावरण गरिएको छ ।

राष्ट्रियता संरक्षण युवा मञ्चका प्रवक्ता अमर थापाको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष रञ्जन देवकोटाले स्वागत गरेका थिए ।
राष्ट्रियता संरक्षण युवा मञ्चद्वारा सञ्चालित मर्यादा कक्षाका विद्यार्थीहरूले बैदिक मन्त्रको उच्चारण गरी अनावरण गरिएको कार्यक्रममा राष्ट्रियता संरक्षण युवा मञ्चका कोषाध्यक्ष जीवन रिजालले औचित्यसहित आय व्यय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रानाले राष्ट्रियता संरक्षण युवा मञ्चमा आवद्ध युवाले विहिवारे बजारको चोकमा शिव स्तम्भ निर्माण गरेर समाज रुपान्तरणमा लाग्न प्रेरित गरेको बताए ।
उनले राष्ट्रियता संरक्षण युवा मञ्चका युवाको सक्रियतामा भएको बुद्ध स्तम्भ र शिव स्तम्भको निर्माणले समाजमा धार्मिक सहिष्णुताको नमूना प्रस्तुत गरेको बताउँदै उक्त स्थानको नामाकरण शिव चोक राख्न सुझाव दिए ।

कार्यक्रममा वडा नं. १० का अध्यक्ष वलदेवसिंह गोम्देन , शिक्षक आरके महतारा लगायतले विहिवारे बजारको चोकमा शिव स्तम्भ निर्माणले त्यस क्षेत्रलाई धार्मिक तथा पर्यटकिय स्थलको विकास गर्दै आन्तरीक तथा वाह्य पर्यटक भित्र्याउन मद्यत पुग्ने बताए ।

कार्यक्रममा शिव स्तम्भ निर्माणमा ३० हजार रुपैयाँ सहयोग गर्ने समाजसेवी केहरसिंह अधिकारी , चन्द्रकला अधिकारी , छोराहरु विकास अधिकारी, विक्रम अधिकारी , छोरी विनम अधिकारी लगायतलाई उत्कृष्ठ दाताको रुपमा सम्मान गरिएको थियो । त्यस्तै अन्य दातालाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा नंं. ११ का अध्यक्ष भैरव खड्का, मञ्चका वरिष्ठ सल्लाहकार शान्तावीर बुढाथोकी, समाजसेवी टिकाराम चिमरिया लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा नव निर्मित स्तम्भको संरक्षण एवं प्रर्वद्धन गर्न टेम्पो संघलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमको सञ्चालन राष्ट्रियता संरक्षण युवा मञ्चका कोषाध्यक्ष जीवन रिजालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here