चार महिनामा पूर्वी काँकरभिट्टा नाकाबाट एक करोड रुपैयाँ मुल्य बढीका ५ सय ७३ मेट्रिक टन हरियो साग सब्जी आयात

0
689

लक्ष्मी उप्रेती / मेचीनगर,

चार महिनामा पूर्वी काँकरभिट्टा नाकाबाट १ करोड रुपैयाँ मुल्य बढीका ५ सय ७३ मेट्रिक टन हरियो साग सब्जी आयात भएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि कात्तिकमसान्तसम्ममा १ करोड ३० लाख ५१ हजार रुपैयाँ मुल्य बराबरका सागसव्जी नेपाल आयात भएको प्लान्ट क्वारेण्टिन एवम् विषादी व्यवस्थापन केन्द्र क्वारेण्टिन कार्यालयकाँकरभिट्टाले जनाएको छ । तर, आर्थिकरुपमा भने नेपाल मजवुत छ । भारतबाट विभिन्न प्रकारका हरियो सागसब्जी १ करोड रुपैयाँको आयात हुदाँ नेपालबाट ३६ करोड ९१ लाख रुपैयाँ मुल्य बराबरको बन्दाकोपी मात्र भारततर्फ निर्यात भएको छ ।

कार्यालय प्रमुख वरिष्ठ वाली संरक्षण अधिकृत हर्षहाङ्ग राईका अनुसार सो अवधिमा नेपालबाट भने ३ हजार ६ सय ९१ मेट्रिक टन बन्दाकोपी निर्यात भएको छ । बन्दाकोपी बाहेक अन्य सागसब्जी यो नाकाबाट निर्यात हुन सकेको छैन् । पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुममा उत्पादित बन्दाकोपीको माग भारतीय बजारमा अत्याधिक हुने राईको भनाई छ । पूर्वी नाकाहुँदै बन्दाकोपीसहित मुसुरो दाल, अदुवा, अम्लिसो, तोरीपिना, राइसव्राण्ड तथा जडीबुटीलगायतका वस्तुहरु निर्यात हुने गरेको कार्यालयले जनाएको छ । तर, हरियो सब्जीका रुपमा बन्दाकोपी वाहेक अन्य कुनै सागसब्जी निर्यात भएका छैनन् ।

चारमहिनाको अवधिमा भारतबाट सवैभन्दा बढी ८५ लाख २० हजार रुपैयाँ मुल्य बराबरको २ सय ८४ मेट्रिक टन प्याज आयात भएपनि पछिल्लो समय भने आयात शन्य झै छ । भारतले प्याज निर्यात रोकेपछि पूर्वीनाकाबाट प्याजको आयात शुन्य भएको हो । नेपालमा खाद्यन्न तरकारी तथा फलफूलको उत्पादनको पर्याप्तको सम्भावना रहेपनि विविध कारणले उत्पदान हुन नसक्दा नेपाल कृषिजन्य वस्तुमा अझै परनिर्भर बन्नु परेको कृषि विज्ञहरुको भनाई छ ।

कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आयात भएका सब्जीहरुमध्ये प्याजपछि ९ लाख १२ हजार रपैयाँ मुल्य बराबरको ५७ मेट्रिक टन करेला आयात भएको छ । विशेषगरि भारतका विभिन्न बजारबाट आयातित करेला नेपालको स्थानीय बजारदेखि काठमाण्डौँसम्म पुग्ने गरेको छ । पूर्वी नाकाबाट आयात हुने गाजरको परिण्माणभने ज्यादैं न्यून छ । कार्यालयका अनुसार सो अवधिमा १९ हजार रुपैयाँ मुल्य बराबरको १ मेट्रिक टन गाजर नेपाल आयात भएको छ ।

यसैगरी भारतमा उत्पादित परवलको माग पनि नेपालमा अत्यधिक छ । चारमहिनामा ८६ लाख ४ हजार रुपैयाँ मुल्य बराबरको ५४ मेट्रिक टनपरवल नपाली बजारमा पुगेको छ । ८४ लाख ४ हजार रुपैयाँ मुल्य बराबरको ५३ मेट्रिक टन गोलभेडा, ५ लाख ७६ हजार रुपैयाँ मुल्य बराबरको ३६ मेट्रिक टन हरियो खुर्सानी, ३ लाख ८४ हजार रुपैयाँ मुल्य बराबरको २४ मेट्रिक टन काक्रा, ९६ हजार रुपैयाँ मुल्य बराबरका ६÷६ मेट्रिक टन भेडे खुर्सानी र बोडी, ३ लाख २० हजार रुपैयाँ मुल्य बराबरको २० मेट्रिक टन भिण्डी, ५ लाख १२ हजार रुपैयाँ मुल्य बराबरको ३२ मेट्रिक टन सिमीसमेत चारमहिनामा नेपाल आयात भएका छन् । यी सवै सागसब्जी भारतबाट मात्र आयात भएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here